Archive for the ‘Biography ( जीवनी )’ Category

श्वर सम्राट नारायणगोपाल

September 26th, 2010

श्वर सम्राट नारायणगोपाल

नारायणगोपाल (वि सं १९९६ असोज १८२०४७ मङ्सीर १९)(इ.सं.1939 अक्टोबर 4 – इ.सं.1990 डिसेम्बर 5), पूरा नाम नारायणगोपाल गुरूवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपालीआधुनिक गायक हुन् । उनलाई नेपालको श्वर सम्राटको उपाधिले सम्मान गरिएको छ । उनी नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाइ पेशाको रूपमा अंगाले । उनले करीव ५०० वटा नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् ।


जीवनी

स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाण्डौको किलागलमा भएको हो । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमास्नातकोत्तर गरे । भातरको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाड्नुभयो । डिस्क र टेपमा गरी जम्मा २ सयवटा जती गीतहरू रेकर्ड गराए ।

गायन यात्राको सुरुवात

नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरुका आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए । काठमाण्डू किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानको स¨तमा धेरै हिन्दी गीतमा स्वराभ्यास गरे । तलत महमुद र के एल सहगललाई अति मनपराउने नारायणगोपाल अनि करण देवानलाई मनपराउने माणिकरत्न स्थापित र मन्ना डेको गीत गाएर स्वर परीक्षामा उत्रेको प्रेमध्वज वीचमो तालमेला स¨ीतकै कारण शुरु भयो र तीनैजना माणिकरत्नको घरमा आएर स¨ीताभ्यास गर्न थाले । माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए । गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे । प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए , त्यसैले नारायणगोपाललाई एउटा नयँँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छओटा गीत तयार भए , ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल – बिछोडको पीड र ए कान्छा ठट्टैमा यो बैंश जान ) गाए । यस गीतका सम्पूर्ण रेकर्डि¨ भारतवर्षको कोलकतामा सम्पन्न भयो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे । राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरुले चुम्न’ जस्ता गीत गाए । यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासित परिचित गरायो । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी (more…)

Dr Yogi Vikashananda

September 23rd, 2010

Dr yogi Vikashananda is the Founder Spiritual Leader and Master of the Manokranti Movement. Ever optimistic and full of bliss gurudev is a Philosopher and a man of with broad vision and action. A sage brightened ones and other’s life via spirituality gurudev has developed practical tools serve humanity to live more balanced positive and spiritual lives.

Gurudev’s extra ordinary, challenging and eventful life’s story began in the year 1962. Maili Bajai, a women found him at the age of a few days lying abandoned near the Ganesh Temple in chhetrapati, Kathmandu. Feeling responsible for the abandoned child, Mail bajai handed him to a childless couple who readily adopted him.

The baby was later Known as Ekdantaman (who is now well recognized Philosopher and an enligntened person as Dr. Yogi Vikashananda). Gurudev writes in his autobiography that he was young he was one of the most notorious children in his neighborhood due to his intensely difficult childhood, Regular family quarrels fueled by his alcoholic father caused the young boy to become reckless and careless. He began avoiding school which seriously hampered his studies. When he was ten his parents divorced but the most painful part of his childhood years was the overwhelming sense of abandonment after being left in a temple by his biological parents. All of sudden at the age of 20,When he started the journey of Philosophy and knowledge his childhood and hardship encourage him to pursue his Philosophical journey. This proved to be a turning point in his life as he developed an entirely new perspective. He felt that his birth had in fact liberated him from the narrow boundaries of caste creed and color and that had made him purely a human being .

Vikashananda could have made his name as an artist, if not a Philosopher. He was trained formally to become an artist under the guidance of legendary painter Chandra Singh Maskey. Later in the year 1979 at the age of 17 his art took him to the former Soviet Union. Then he was exposed to Communist Philosophy and was greatly impressed by the life and work of Lenin and Marx. (more…)

Osho never born never died…

March 18th, 2010

OSHO Never Born Never Died
They were not born as the great beings, but because of their ability and skill, they became the much appreciated human beings of the world. Every country has such human beings who are not forgotten over generations. Some of them are not there today, whereas some are living among us. We try to learn about their lives, achievements and greatness.

Great PhilosopherOSHO …..Born in Kuchwada, Madhya Pradesh, India on December 11, 1931*, Osho says of his parents, “I had chosen this couple for their love, their intimacy, their almost one-ness.” Growing in an atmosphere of tremendous love, freedom and respect, Osho was an intuitive and adventurous child with the knack of penetrating to the very heart of a situation. Exploring life fearlessly and intensely, he insisted on experiencing life for himself rather than acquiring beliefs or knowledge given by others. “My childhood was certainly golden – not a symbol, absolutely golden; not poetically but literally, factually… Those years were unforgettable.” (more…)

सुगम संगीतका सारथी….सङ्गीतकार आलोकश्री

February 3rd, 2010

पहिलो खण्ड

घरमा पानी चुहिँदा ओभानो ठाउँ खोज्दै गुन्द्रीमा रात काटेको अनुभव सँगालेका सूर्यकुमार खाती स्वीट्जरल्यान्डस्थित पाँचतारे होटलमा पनि सुतेका छन् । फरक यति हो, स्वीट ्जरल्यान्डको पाँचतारे होटलमा सुत्दा उनको परिचय संगीतकार आलोकश्रीको थियो ।

आलोकश्री यस्ता पात्र हुन्, जसले मेहनत र आत्मविश्वासकै कारण आफ्नो पहिचानलाई करोडौं नेपालीका माझ परिचित गराएका छन् । गोरखाको आँपपीपलमा पहिलो पटक आँखा  उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।

‘बुबाहरू चार दाजुभाइ तथा चार दिदीबहिनी हुनुहुन्थ्यो’ आलोकश्री भन्छन्- ‘त्यसमा पनि हाम्रा बा-आमाका पाँच सन्तान थपिएपछि परिवारको साइज झन्डै दुई दर्जन पुगेको थियो ।’  ‘आम्दानी भए पनि खर्च धेरै हुने भएकाले घर चलाउन मुस्किल हुन्थ्यो,’ उनी सम्झन्छन्- ‘कक्षा ८ मा पुगेपछि म पनि मेलापातमा व्यस्त हुन थालिसकेको थिएँ ।’ यसरी बिहान- बिहान गरेको कामबाट आउने २-३ रुपैयाँ जम्मा गरेर उनी महिनामा ५० रुपैयाँ पुर्‍याउँथे, जुन विद्यालय शुल्क तथा कापी किताबमा खर्च हुन्थ्यो ।

अध्ययन पहिलो प्राथमिकतामा रहे पनि धेरै कुरामा रुचि राख्ने आलोक ०३८ सालतिर रेडियोका पारखी भैसकेका थिए । ‘रेडियो बजेको थाहा पाउनेबित्तिकै मेरा पाइला टक्क रोकिन्थे ।’  उनी भन्छन्- ‘रेडियोबाट आउने आवाजले मलाई यति अचम्मित तुल्याउँथ्यो कि कसरी मानिस यति सानो भाँडोभित्र अटाएका होलान् । यसबीच कसैले उल्क्याइदियो, रेडियोभित्र  कलाकार हुन्छन् भनेर, बाले दुःख गरेर जोडेको ट्रान्जिस्टर भताभुङ्ग हुने गरी खोलेर हेरें, सयौं तार गुजुल्टिएर बसेको देखेपछि कलाकार नपाएको पीडामा डाँको छोडेर रोएँ । (more…)

RSS Feed

Search