नारायणगोपाल (वि सं १९९६ असोज १८ - २०४७ मङ्सीर १९)(इ.सं.1939 अक्टोबर 4 – इ.सं.1990 डिसेम्बर 5), पूरा नाम नारायणगोपाल गुरूवाचार्य, सबैभन्दा सफल तथा ख्याती प्राप्त नेपालीआधुनिक गायक हुन् । उनलाई नेपालको श्वर सम्राटको उपाधिले सम्मान गरिएको छ । उनी नेपाली भाषाका पहिलो पुस्ताका गायक हुन् जसले गायनलाइ पेशाको रूपमा अंगाले । उनले करीव ५०० वटा नेपाली गीतहरू गाएका छन् । उनका गीतहरू नेपाली चलचित्र तथा नाटकहरूमा पनि प्रयोग गरिएका छन् ।
जीवनी
स्वरसम्राट् नारायणगोपाल गुरुबाचार्यको जन्म वि.सं. १९९६ असोज १८ गते बुबा आशागोपाल गुरुबाचार्य र आमा रामदेवी गुरुबाचार्यको सन्तानका रूपमा काठमाण्डौको किलागलमा भएको हो । वि.सं. २०२७ साल फागुनमा पेमालाका साथ यिनको विवाह सम्पन्न भए पनि सन्तान भएनन् । चार जना दाजु-भाइ र ३ जना दिदी-बहिनीमध्येका एक नारायण गोपालले मानविकी शास्त्रमास्नातकोत्तर गरे । भातरको बडोदामा शास्त्रीय संगीतको अध्ययन थालेर पूरा नगर्दै छाड्नुभयो । डिस्क र टेपमा गरी जम्मा २ सयवटा जती गीतहरू रेकर्ड गराए ।
गायन यात्राको सुरुवात
नारायणगोपालले पहिलो पटक त्रिचन्द्र कलेजको चालीसौँ वार्षिकोत्वसमा आफ्ना परमप्रिय मित्रहरुका आग्रहमा मञ्चमा उत्रिने आँट गरे । जसमा उनी पहिलो पटक तबलाबादक भएर प्रस्तुत भए । काठमाण्डू किलागलमा जन्मेका गायक नारायणगोपालको स्वरको पहिचान गर्ने उनकै मित्र माणिकरत्न स्थापित थिए , नजीकैको टोल प्युखामा बस्ने माणिकरत्न र भेंडासिंग बस्ने प्रेमध्वज प्रधानको स¨तमा धेरै हिन्दी गीतमा स्वराभ्यास गरे । तलत महमुद र के एल सहगललाई अति मनपराउने नारायणगोपाल अनि करण देवानलाई मनपराउने माणिकरत्न स्थापित र मन्ना डेको गीत गाएर स्वर परीक्षामा उत्रेको प्रेमध्वज वीचमो तालमेला स¨ीतकै कारण शुरु भयो र तीनैजना माणिकरत्नको घरमा आएर स¨ीताभ्यास गर्न थाले । माणिकरत्नको घर एक किसिमको संगीतशालाजस्तै थियो कारण उनका काका सिद्धिरत्न स्थापित स्वयम् पनि एक कुशल वाद्यवादक थिए । गायक नारायणगोपालको घरमा शास्त्रीय संगीत बाहेक आधुनिक संगीतमा रम्न उनका पिता आशागोपाल गुरुवाचार्यका कारण मनाही थियो । उस्ताद आशागोपाल गुरुवाचार्य आधुनिक संगीतलाई हलुका र रंगहीन मान्दथे । प्रेम–माणिकले आफ्नै संगीतमा गाउन शुरु गरिसकेका थिए , त्यसैले नारायणगोपाललाई एउटा नयँँ शैलीको संगीतको जरुरत थियो त्यसैले उनले आफ्नै संगीतमा छओटा गीत तयार भए , ती सबै गीतका गीतकार उनकै सहपाठी कवि रत्नशम्सेर थापा थिए । उनले त्यस संकलनमा चारओटा एकल ( स्वर्गकी रानी, आँखाको भाखा आँखैले , भो भो मलाई नछेक, मधुमासमा यो दिल ) र दुइटा युगल – बिछोडको पीड र ए कान्छा ठट्टैमा यो बैंश जान ) गाए । यस गीतका सम्पूर्ण रेकर्डि¨ भारतवर्षको कोलकतामा सम्पन्न भयो । त्यसपछि यी गीतले विस्तारै नेपाल र नेपालबाहिर नेपालीको जनस्थानमा प्रभाव जमाउन थाल्यो । उनी एकाएक नेपाली मूलका प्रमुख स्वर भएर देखापरे । राणाकालबाट मुक्त भएर नयाँ परिवर्तनको लहरमा उभिरहेको नेपालको नयाँ स्वरलाई उनले विस्तारै प्रेम, जीवन र राष्ट्र निर्माणका हरेक गीतबाट उच्चता दिए । पूर्व पश्चिम राजमार्ग बन्दै गर्दा उनले ‘जाग, जाग चम्क हे नौजवान हो’ वा देशप्रेमबाट प्रभावित भएर ‘आमा ! तिमीलाई ज¨लभरिका औंलाहरुले चुम्न’ जस्ता गीत गाए । यी गीतले नारायणगोपालको गीतको गायन र स्वरको गमकलाई मात्र होइन उनको घनत्वभरि आवाजलाई प्रत्येक नेपाली युवासित परिचित गरायो । उनी युवा हृदयका प्रिय गायक नै मानिए । उनले त्यसपछि विस्तारै आङ्खनो गायनमा परिवर्तनको स्वर ल्याए , उनले गीतको चयन, शब्दको छनौट र भावस्थितिको अध्ययन गरेर नयाँ गीत गाए जसले गर्दा एक्कासि नेपाली गीतको स्तर हिन्दी (more…)









पहिलो खण्ड