Archive for the ‘हासौ एकछिन’ Category

हासौ एकछिन…

September 23rd, 2010

जुल्फी कपालको सत्यानास – प्रकाश ओझा

एकजना अधबैँसे नेता अचानक तालुखुइले भएछन् । पार्टी अफिसमा एक मित्रले उनलाई सोधे, ‘के हो ? एक महिना पहिले त तिलचामले भए पनि तपाईंको टाउकोमा झयाप्प कपाल थियो । नसुहाए पनि जुल्फी लर्काउँदै हिँड्नुहुन्थ्यो । अहिले कसरी तालुखुइले हुनुभयो ?’

नेताजीले आफ्नो कहानी सुनाए, ‘के गर्नु मित्र ? महिना दिनअघि मैले २२ वर्षकी सुन्दरीलाई कान्छी श्रीमतीका रूपमा भित्र्याएँ । मेरो टाउकोमा आधा कपाल सेतो थियो, आधा कालो । जेठी श्रीमती मलाई छिटो बूढो देखाउन कालो कपाल उखेल्थी, कान्छीचाहिँ मलाई तन्नेरी देखाउन सेतो कपाल उखेल्थी । हेर्नूस् न, महिना दिनमै मेरो यो हालत भो ।’

प्रधानमन्त्रीको सफाई – प्रकाश ओझा

प्रधानमन्त्री माधव नेपाल एउटा आमसभामा जोसिँदै भाषण गरिरहेका थिए- ‘मेरा विरोधीहरूले मलाई जति आरोप लगाएका हुन्, ती सब झुट हुन्, असत्य हुन्, गलत हुन्, बेठीक हुन्, वाहियात हुन् । विरोधीहरूले फयाँकेका जुत्ता, चप्पल बटुलेर आफन्तलाई बाँड्छु भन्ने कुरा पनि झुट हो । झन् यो कुरा त अति-अति नै झुटो हो कि मैले भाषण गरेको वेला मेरा विरोधीहरूले फयाँकेका ढुंगा, इँटा बटुलेर मैले कोटेश्वरमा दुईतले घर बनाएँ रे ।’

(more…)

RSS Feed

Search