मानिसलाई पैसाले आकषिर्त गर्छ, प्राकृतिक वस्तुले आकषिर्त गर्छ, ठूलो पद र प्रतिष्ठाले आकषिर्त गर्छ । यौनले आकषिर्त गर्छ । यद्यपि मलाई पैसाले कहिल्यै आकषिर्त गरेन । कलाकारिताबाहेक कुनै पदले पनि आकषिर्त गरेन । म घुम्न मन पराउँछु, तर त्यसले सधैं आकषिर्त गरेन । त्यसो भए मलाई के कुराले आकषिर्त गर्छ…. लामो समय गुनेपछि मैले बुझें थाहा पाएँ, मलाई पुरुषको व्यक्तित्व एवं व्यवहारले आकषिर्त गर्छ ।
म पुरुषका लागि सौन्दर्य प्रसाधन प्रयोग गर्छु । म पुरुषका अघि राम्री देखिन चाहन्छु । मलाई सम्झना हुन्छ- जब मेरो नजिक कुनै पुरुष पत्रकारले अन्तरवार्ता लिइरहेको हुन्छ, म आफ्नो सौन्दर्यप्रति सचेत हुन्छु । म त्यही कुरा बोल्छु, जुन कुरा पुरुषहरू मन पराउँछन् । फोटोपत्रकारले मेरो तस्बिर लिइरहँदा मलाई लाग्छ, म सम्पूर्ण पुरुषमा आफ्नो सौन्दर्य छरिरहेको छु । म पुरुषसँग रहँदा करिश्मा भएको बोध गरिरहेकी हुन्छु । पुरुषबिना करिश्मा मानन्धरको कुनै अर्थ छैन, उसको सौन्दर्यको पनि कुनै मूल्य छैन । करिश्माले जीवनमा जे-जस्तो सफलता हासिल गरेकी छे, त्यो सफलताका पछि पुरुषको आँखा, पुरुषको मन एवं पुरुषको सम्मान नै हो ।
०००
सर्वप्रथम मैले पुरुषलाई परैबाट चिनंे । मलाई पुरुष भन्नेबित्तिकै आफूलाई स्कुलमा पढाउने शिक्षक हो भन्ने लाग्थ्यो । चलचित्रमा सानो उमेरमा प्रवेश गरें, त्यसैले पुरुष भन्नेबित्तिकै केश फुलेको निर्देशक हो भन्ने लाग्थ्यो । सानैदेखि बुबाको मायाबाट वञ्चित भएका कारण मलाई पुरुष प्रेमी कम अभिभावक बढी हो भन्ने लाग्थ्यो । त्यसैले मलाई चकलेटी, आकर्षक वा बडी बिल्डर पुरुषले आकषिर्त गर्दैनन् । पुरुष मेरा लागि हाम्रो समाजले अंगीकार गरेजस्तै कम बोल्ने तर महत्त्वपूर्ण कुरा बोल्ने हुनुपर्छ । उसमा पीताको जस्तो अभिभावकत्व एवं गुरुको जस्तो ज्ञान हुनुपर्छ । मेरो आदर्श पुरुष त्यही हो, जो बाहिर हेर्दा साधारण, भित्र असाधारण व्यक्तित्वको धनी होस् । पहिलो भेटमा कुन पुरुष कति आकर्षक रूपमा मेरा अघि देखा पर्यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुँदैन । बरु समय बित्दै जाँदा उसले मलाई कति बढी प्रभावित बनाउँदै लग्यो, त्यो मेरा लागि महत्त्वपूर्ण हुन्छ । त्यस्ता पुरुषलाई मात्र मैले आदर्श मानें, जसले मलाई भित्रैदेखि प्रभावित तुल्याउन सके । एकपटक मैले जुन पुरुषलाई सम्मान दिएँ, त्यसलाई सधैं मनमा राखें ।
२०४३ सालतिर हुनुपर्छ, म भर्खरै नायिका भएकी थिएँ । नायिका भएपछि जुन सम्मान प्राप्त हुन थालेको थियो, त्यसले म आफू अरूभन्दा विशेष हुँ भन्ने लाग्न थालिसकेको थियो । त्यसैबेला एक जना पुरुष बेला-बेलामा मेरो नजिक हुन्थे र दुई-चार कुरा बोल्थे । मेरो व्यवहार उनीप्रति विशेष हुँदैनथ्यो । किनभने ती पुरुष त्यसबेला चलचित्रका साधारण हास्य-कलाकारका रूपमा चिनिन्थे । समय बित्दै गयो, म पनि लोकपि्रय हुँदै गएँ । उनी पनि लोकपि्रय हुँदै गए । यति हुँदा पनि हाम्रो व्यवहार साधारण नै थियो । मेरो विवाह भयो, उनले पनि विवाह गरे । त्यसपछि भने ती पुरुषले मलाई साह्रै आकषिर्त गर्न थाले । उनको ट्यालेन्सी यति माथि आउन थाल्यो कि उनी अचानक मेरो आदर्श हुन थालें । हुँदाहुँदा मेरो अवस्था यस्तो हुन थाल्यो कि उनका अघि बोल्दा पनि म नर्भस हुन थालें । उनीसँग मेरो खपिनसक्नुको प्रेम हुन पुग्यो । मेरो अभिभावक हुनुहुन्थ्यो, अञ्जली दिदी । उहाँलाई मेरो अवस्था थाहा भयो । उहाँले भन्नुभयो, यसरी नर्भस भएर बस्नुभन्दा यो सम्बन्धलाई विस्तार गर, उहाँका श्रीमान्-श्रीमतीलाई खाना खान बोलाऊ । यसले तिमीलाई सहज वातावरण दिन्छ । मैले उहाँहरूलाई खाना खान बोलाएँ । उहाँहरू दुवैलाई मेरो प्रेमको अन्दाज भएछ क्यार, उहाँहरूले त्यसको सम्मान गर्नुभयो । मेरो वैवाहिक जीवन सुखपूर्वक चलिरहेको छ, तर कुनै आदर्श पुरुष सम्भिmए भने म उनैलाई सम्झन्छु । हरिवंश आचार्य पुरुष सौन्दर्यका हिसाबले आकर्षक नाम होइन, तर उनी करिश्माका लागि आदर्श पुरुष हुन् । (more…)





