Archive for the ‘गजल’ Category

राजन थपलिया द्धारा लिखित गजलहरु…

September 10th, 2010

गजल (बर्षौं पछि)

काठे पुल तर्दै बगर बगरमा डौड्दै खोलाको चिसो पानी छुन मन लाग्यो

आफ्नै माटोमा पसिना बगाई सुन फलाई दुख जती सबै धुन मन लाग्यो

गाईबस्तु चराउँदै यो वल्लो पाखा भोली पल्लो पाखा गोठालो जान मन लाग्यो

बुढेसकालको साहारा भै बुढा हजुरबा को आखाँको ज्योती हुन मन लाग्यो

पर्खि बस्नु भएको ति हजुर आमा लाई पछाडी बाट आखाँ छोप्न मन लाग्यो

पातलिदै गएको गाउँघर र टाढिएका साथी भाई सम्झी रुन मन लाग्यो

चरीको चिरबिर बिरालोको म्याउ म्याउ भालेको कुखुरी काँ सुन्न मन लाग्यो

पौरखी हात मेरै माटोमा….. अर्को जुनीमा पनि नेपाली हुन पुन मन लाग्यो

गजलको जानकारी….

September 4th, 2010

मान्यजन तथा मित्रहरु,

ईश्वर दाहाल कविजी

गजल भन्ने वित्तिकै हाम्रो मन आनन्दित हुन्छ कारण आज हामी सबैजना गजलको अन्यन्तै समिप छौ । दुःखमा होस या सुखमा गजल हाम्रो मुखमै झुण्डिएको हुन्छ  । नेपाली साहित्यको अहिलेको अवस्थालाई नियाल्ने हो भने सबैभन्दा लोकप्रीय विधा नै गजल हो भन्न सकिने अवस्थामा छौ । आउनुहोस यस गजलका विषयमा केही चर्चा गरौ । गजलको सुरुवात कसरी भयो र यो कसरी लेखिन्छ साथै गजलमा नभई नहुने कुराहरु के के हुन  र कस्ता कुराहरु गजललाई मान्य हुँदैनन भन्ने विषयमा मैले यो एउटा आलेख तयार गरेको छु मलाई जानकारी भए सम्मका सबै कुराहरु यस भित्र समेट्ने प्रयास गरेको छु । कतिपय राख्नै पर्ने कुराहरु पनि यस भित्र समेट्न असमर्थ रहे हुँला साथै समेटिएका कुराहरु पनि कतिपय ठाउँमा गल्ती पनि भएका होलान यस प्रति माफी चाहँदै सल्लाह र सुझाबको अपेक्षा गर्दछु ।  साहित्यका अरु विधा जस्तै गजल पनि परापूर्वकाल देखि नै चल्दै आएको विधा हो । गजलको उद्गम स्थल अरबलाई मानिन्छ । अरबी भाषामा ग को अर्थ वाणीज को अर्थ नारी र अल को अर्थ को वा सँग हुन्छ । गजल नामाकरण कसरी गरियो यसको एउटै उत्तर भेटिदैन तर पनि अर्थ भने प्राय सबैले एकै किसिमको गरेका छन । गजलको शाब्दिक अर्थ प्रेमिकासँगको कुराकानी स्त्रीको वाणी प्रेमिकाका विषयमा कुराकानी प्रणयवार्ता यौवना नारीको वर्णन गर्नु प्रेमको भावना व्यक्त गर्नु आदि हुन्छ । फारसी भाषामा गजलको अर्थ हुन्छ नारीका कुरा । केही विद्वानहरुको तर्किक मान्यता के छ भने गजल फारसी शब्द हो जसको तात्पर्य हुन्छ प्रणय प्रधान गीत । वास्तवमा गजलको खास अर्थ नै प्रेम हो भन्ने तर्क प्राय सबै विद्वानहरुले राखेका छन । नेपाल राजकिय प्रज्ञा प्रतिष्ठानद्वारा प्रकाशित नेपाली शब्दकोशका अनुसार प्रेमका विषयमा शृङ्गार रसका कविता लेखिने एक प्रकारको फारसी वा त्यसै छन्दमा लेखिएको कविता नै गजल हो । उर्दू हिन्दी शब्दकोशका अनुसार प्रेमिकासँग कुराकानी भन्ने अर्थ दिएका छन । धेरै विद्धानहरुले आफ्नै किसिमले गजलको परिभाषा दिएका भए पनि निष्कर्षमा गजल भनेको प्रेमलाई समेटेर निश्चित लय र तालमा लेखिने कविता हो भन्ने बुझ्न सकिन्छ ।   आज आएर गजल हामी सबैसँग भिजीसकेको विधा हो । वास्तवमा गजल कस्तो हुनुपर्दछ यसमा विद्वानहरुको आ आफ्नै मान्यता भए पनि साझा मान्यताका रुपमा निम्नकुराहरु अगाडि सारेका छन । गजल सुकोमल शब्द र ह्दयस्पर्शी भावहरुको अभिव्यक्ति हो । गजलमा थोरै शब्दबाट धेरै सुक्ष्म तथा गहन विषयवस्तुको प्रश्तुतीकरण हुनु पर्दछ । गजलको एउटै शेर पनि गद्यविधाका कयौ आलेखहरु भन्दा प्रभावकारी हुनु नै यसको विशेषता हो । गजलमा श्रृतिकटु अश्लिल दुरुह क्लिष्ट अभद्र र अपमान तथा अनादारवाची शब्दहरु मान्य हुँदैनन । गजलमा गाली पनि मिठो शब्दले गर्न जान्नु पर्दछ । गजल लयवद्ध हुनुपर्दछ र संगीत नै यसको विशेषता हो । प्रत्येक शेरहरु कलापक्षका दृष्टिले पूर्णत स्वतन्त्र र स्वायत्त हुन्छन साथै गजलमा शिर्षक हुनु हुँदैन शिर्षक राखिन्छ भने त्यो कविता या गीत मात्र बन्दछ गजल हुन सक्दैन । शब्दको कोमलता र अर्थको रोचकतापूर्ण प्रवणशीलता तथा विचित्रता गजलका विशेषता हुन । गजल हुनलाई अति आवश्कीय कुराहरु के के हुन (more…)

गजल (जिउँदै मारेको मान्छे)

August 20th, 2010

म त तिमीले जिउँदै रेटी मारेको मान्छे

मृत्यु नै नभइ तेर्ह  दिन बारेको मान्छे

बुवाको निधन पछी घर को दुखै दु:ख

ले नै बगाई सात समुन्द्र तारेको मान्छे

हिरा मोती ले ढाकिएका तिम्रा साथीहरु

माझ छि:गरीब भन्दै पर सारेको मान्छे

माछै सम्झी जाल हानी बगर मा फ्याँकेयौ

जिउदै अपांग पारी एक्लो पारेको मान्छे

बर्षौं पछि फर्कदैछु आज यो जित ठान्दै

त्यही तिम्रो नजर मा सधै हरेको मान्छे

बियोग नै रै’छ जीवन

November 3rd, 2009

बियोग रैछ जीवन आसुँ को तिर भो
अर्को बाटो रोजे उ तिम्ले मलाई पिर भो

हिजो को दिन सम्झेउ त कती सुन्दर थियो
तर तिमी म सँग रमायनौ पिर भो

धेरै बिश्वास गरे आफै लाई भुलेर
तर मेरो मायाको बदला झिर भो

अझै पनि बसेको छु तिमी आउने आशमा
आसुँ सुकी सके तेसैले पिर भो

प्रिय एक चोटी फेरी सोच नत्र खरानी हुनेछु
मायामा हारेर जिन्दगी भिर भो….

अब कुनै रहर साच्नु छैन

October 30th, 2009

अब कुनै रहर साच्नु छैन
दुखेको मन फेरी भाँच्नु छैन

धेरै टुक्रिए,धेरै चोइटिए
फेरी आगोमा घ्यू थप्नु छैन

कती शोषित कती पीडित भए म
दिन पनि किन हो उज्यालो छैन

हे आमा दुनियाँ खराब रैछ
मलाई रोइ रोइ बाच्नु छैन

RSS Feed

Search