गजल (बर्षौं पछि)
काठे पुल तर्दै बगर बगरमा डौड्दै खोलाको चिसो पानी छुन मन लाग्यो
आफ्नै माटोमा पसिना बगाई सुन फलाई दुख जती सबै धुन मन लाग्यो
गाईबस्तु चराउँदै यो वल्लो पाखा भोली पल्लो पाखा गोठालो जान मन लाग्यो
बुढेसकालको साहारा भै बुढा हजुरबा को आखाँको ज्योती हुन मन लाग्यो
पर्खि बस्नु भएको ति हजुर आमा लाई पछाडी बाट आखाँ छोप्न मन लाग्यो
पातलिदै गएको गाउँघर र टाढिएका साथी भाई सम्झी रुन मन लाग्यो
चरीको चिरबिर बिरालोको म्याउ म्याउ भालेको कुखुरी काँ सुन्न मन लाग्यो
पौरखी हात मेरै माटोमा….. अर्को जुनीमा पनि नेपाली हुन पुन मन लाग्यो








