गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन - तस्विरमा । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन, तर छोरा सुरेश गुमनाम छन । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन भन्नेसमेत थाहा छैन ।
कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटी स्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन । राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन । म उहासँग (गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ? उनले भने ।
सुरेश २२ चैत २००४ मा जन्मिएका हुन जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत भएको थिएन । आमा दुलही बनेर कोइरालानिवास भित्रिँदा छोरा बनेर सुरेश पनि भित्रिएका हुन । त्यसपछि सुरेशको लालनपालनको सम्पूर्ण जिम्मा लिए गिरिजाप्रसादले । बनारसनिवासी स्टदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भारतमै भएको थियो । तर सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको श्रीमानबिच सम्बन्धविच्छेद भयो । यता केशव कोइरालाकी श्रीमती नोनाको पनि माइती बनारसमै हो । नोनाकै सहयोगमा सुष्मा विराटनगर आइन् र स्थानीय आदर्श बालिका विद्यालयमा पढाउन थालिन । सो विद्यालय नोना, बिपीपत्नी सुशीला र शैलजाकी आमा इन्दिरा मिलेर खोलेका थिए । त्यही विद्यालयमा गिरिजाप्रसाद र सुष्माको भेट भएको हो । (more…)









