Archive for the ‘के तपाईंलाई थाहा छ ?’ Category

फेसबुकमा ‘पोस्ट’ गर्न नहुने १० कुरा

November 9th, 2010

फेसबुकमा कति सूचना पोस्ट गर्नु राम्रो हुन्छ ? सोसल नेटवर्कको यो संजालमा राख्‍न हुने र नहुने कुराबारे विज्ञहरुले केही सुझाव दिएका छन् । डेभ ह्वाइटलेग्सले साथीभाईसँग भेटघाटका आधारमा फेसबुक रमाइलो भएपनि यो त्यत्तिकै डरलाग्दो पनि रहेको बताए। ‘फेसबुकमा राखिने केही सूचना, तस्बिर आदिले तपाँईलाई खतरामा पार्न सक्छ। यतिसम्म कि अपराध वा त्यो भन्दा पनि डरलाग्दा कुरामा तपाँई जोडिनसक्नुहुन्छ।’ उनले भने। डाटा मिनिङसम्वनधि यस्ता कतिपय कम्प्युटर प्रोग्राम छन् जसले जन्म मिति, फोन नम्बर या ठेगानको गलत प्रयोग गराइदिनसक्छ। उनले सुझाएका १० कुरा :


जन्म मिति र स्थान
जन्म मिति र स्थानको सुचनाबाट पहिचान चोरी गर्न सजिलो हुन्छ। ठाउँ र मितिका आधारमा पासवर्ड अनुमान गर्न सकिनेमात्र होइन त्यसलाई फेर्न पनि सक्छन्


आमाको बाबुपट्टिको थर
कतिपयले आमाको थरबाट तपाँईको वास्तविकता थाहा पाउन सक्छन्। उनीहरुले तपाँई पढेको स्कुल आदिको जानकारी यसैबाट थाहा पाउन सक्छन्। (more…)

लोग्ने होइन, लोग्नेमानिस चाहिन्छ

October 15th, 2010

दुनियाँ अजीव छ । एउटा व्यक्तिलाई जुन कुरा मन पर्दैन, अर्को व्यक्तिलाई त्यही कुरा राम्रो लाग्छ । कतिपय व्यक्ति परम्परा जोगाउन मरिमेट्छन्, कोही परम्परा  तोड्नुलाई नै आफ्नो जीवनको उद्देश्य मान्छन् । केही वर्षअघिसम्म ब्राह्मणले सुँगुर छुँदा उसलाई परिवारबाट निकालिन्थ्यो वा चोख्याएर मात्र गृह प्रवेश  गराइन्थ्यो । त्यसबेला केही पढेलेखेका ब्राह्मणले सुँगुरको मासु खाएर त्यसको विरोध गरेका थिए । यस्ता धेरै परम्परा तोडिँदै आएका कारण समाज आजको  अवस्थासम्म आइपुगेको हो । अहिले समाजमा नतोडिएको कुनै नियम छैन । यही नियम तोडिँदै जाँदा ‘एक नारी ब्रह्मचारी’ अहिले ‘अनेक नारी सर्वहारी’ भएको  छ । यो नियम पुरुषमा मात्र लागू हुन्छ, महिलामा हुँदैन भन्ने मान्यता पनि अहिले तोडिन थालेको छ । अहिले पुरुषलाई खेलौनाका रूपमा प्रयोग गर्ने महिलाको  संख्या उल्लेख्य देखिन थालेको छ । खोजी गर्दै जाँदा त्यस्ता सयौं युवती भेटिन्छन्, जो पुरुषलाई केवल मनोरञ्जनको साधन मात्र मान्छन् । तिनै युवतीमध्ये एक  हुन्— मोडल स्मिता थापा ।

साप्ताहिकमा प्रकाशित हट ब्लोअपमध्ये सर्वाधिक चर्चित तस्बिरकी धनी स्मिता त्यस्ता युवतीहरूकी प्रतिनिधि हुन्, जो पुरुषलाई साधन मात्र मान्छिन् । महिलाको  जीवन विवाह गर्न, सन्तान जन्माउन एवं घरधन्दा गर्ने मात्र हो भन्ने मान्यता राख्नेहरूका लागि स्मिताजस्ता युवती अराजक लाग्न सक्छन् । उनको विचारमा  पुरुषले महिलामाथि मायाको नाममा आफ्नो शारीरिक आवश्यकता मात्र पूरा गरेको छ । यौन आवश्यकता पुरुषको मात्र अधिकारको कुरा होइन, यो महिलालाई  पनि आवश्यक छ भन्ने कुरा बुझेपछि उनले पनि पुरुषलाई त्यही रूपमा हेर्न थालेकी हुन् ।

स्मिताले पहिलो पटक साप्ताहिकमार्फत आफ्ना केही व्यक्तिगत रहस्य सार्वजनिक गरेकी छिन् । आफ्नो ‘ब्रेस्ट’ ठूलो भएकै कारण धेरै पुरुष आफूप्रति आकषिर्त  भएको उनको अनुमान छ । थापा जंगली जनावरजस्तै आक्रामक पुरुष मन पर्ने कुरा पनि निर्धक्क बताउँछिन् । करिब एक दशक लामो आफ्नो यौनजीवनमा सबै  किसिमको आसनको अनुभव गरेको उनले बताइन् । लामो अनुभवपछि उनको निष्कर्ष छ- ‘यो जति खाए पनि नअघाइने अमृत फल रहेछ ।’ नक्सालस्थित बाबर्ची  रेस्टुराँमा चम्किलो गाडीमा अन्तर्वार्ता दिन आएकी स्मिताले हि्वस्कीको पेग लिनुअघि नै खुला रूपमा आफ्नो विचार व्यक्त गर्न थालेकी थिइन् । हि्वस्कीको पेग  बढ्दै जाँदा उनी अझ खुल्दै गइन् ।

(more…)

महापुरुषहरुका कथन….

October 8th, 2010

महापुरुषहरुका कथन :

1) मानिसले गर्न नसक्ने काम केही छैन तर गर्नलाई मानिसलाई साहसको आवश्यकता पर्छ । -कार्लाईल
2) जसले आफ्नो समय बरबाद गर्यो उसले यो बुझे हुन्छ कि उसको एउटा पनि इच्छा पुरा हुँदैन , उसको जीवन सदा दु:खमय बित्नेछ त्यसैले समयलाई चिन । – ब्रर्टेण्ड रसेल
3) इच्छा के हो ? तपाईंको कार्य क्षमताको पारीक्षा हो । – स्टेनबैक
4) मैले जे चाहे त्यो पाए तर त्यसको लागि मैले के के गर्नु पर्यो त्यो केवल मलाई मात्र थाहा छ , मेरो जीवन यसको प्रमाण हो – रुजवेल्ट
5) उठ, तँ के चाहन्छस ? म तलाई सबै दिन्छु तर पहिला आफुले आँफैलाई चिन । – अरस्तु
6) अरे मानिस , आफ्नो एक सेकेण्ड समय पनि खेर नफाल , साबधान तँ पछुताउनु पर्लास । केही गर्नुछ भने समयको सदुपयोग गर । – रिचर्ड जानसन
7) पागल हो उ जो आफुलाई भाग्यबादी हुँ भन्छ । – जर्ज वर्नार्ड शा
8) प्रसिद्दी प्रत्यक मानिसले प्राप्त गर्न सक्छ तर दुइ प्रकारको बाटो छन , एउटा बाटो राम्रो काम गरेर अर्को नराम्रो काम गरेर । राम्रो काम गरेर प्रसिद्दी धेरै तपस्या गरेर पनि ढिलो मात्र पाईन्छ भने नराम्रो काम गरेर रातारात । अब यो तपाईंको आफ्नो निर्णय हो कि प्रसिद्दी कसरी पाउने ? – सैमुअल वोन
9) दिनहिन जीवन कायरले मात्र जिउने गर्छ , के तपाईं कायर हो ? – माइकल फराडे
10) हामी आफ्नो भाग्यको बिधाता आफु स्व्यम हौ । – अरस्तु (more…)

बालबालिका ढिलो विद्यालय जानु राम्रो

September 23rd, 2010

studentsएउटा महत्वपूर्ण सवाल हो कि बालबालिकालाई एउटा आदर्श विद्यार्थी बनाउनका लागि के गर्नु आवश्यक छ? तर अब शोधकर्ताहरुले यसको एउटा सजिलो उत्तर पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार बालबालिकालाई आधा घण्टा बढी सुत्न दिनु पर्दछ र यसका लागि उनीहरुलाई विद्यालय जानुभन्दा अधा घण्टा अघि ब्युँझाउनु आवश्यक छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार यदि विद्यालय आधा घण्टापछि खुल्दैछ भने उनीहरुलाई ठिक त्यही समयअनुसार उठाउनाले किशोरवस्था अर्थात टीनएजर बालबालिकाको थकावट र तनाव कम हुने गर्दछ । त्यसपछि उनीहरु विद्यालय जानका लागि उत्साहित हुने गर्दछन् ।

यस अमेरिकी शोधका अनुसार सेनाको जस्तो अनुशासन भूल्नुस किनकी बालबालिकालाई आधा घण्टा बढी विछ्यौनामा विताउन दिनाले उनीहरु बढी खुसी हुने गर्दछन् । यस शोधमा उच्चमाविका २०० विद्यार्थीले भाग लिएका थिए जसको विद्यालय समय ८ बजेको सट्टा ८.३० बजे गराइएको थियो । शोधका अनुसार ढिला विद्यालय जाने बालबालिकामा महत्वपूर्ण परिवर्तन आयो ।

उदाहरणका लागि उदास र तनावको गुनासो गर्ने बालबालिकामध्ये ३० प्रतिशतले यसबाट आफ्नो गुनासो हटेको बताए । जबकि २५ प्रतिशत बालबालिकाले आफूमा यसबाट चिडचिडाहट कम भएको र करिब करिब त्यति नै बालबालिकाले थकावटको लक्षण कम भएको बताए । यसअघि गरिएको शोधबाट पनि प्रमाणित भइसकेको छ कि बालबालिका जब किशोरावस्थामा या टीनएजमा पुग्छन् तब उनीहरुमा सुतेर उठ्ने समय २ घण्टा बढ्दछ । शोधकर्ताहरुका अनुसार आदर्श स्थितिमा किशोरावस्थामा सुत्ने समय ८ देखि ९ घण्टा आवश्यक हुने गर्दछ।  त्यसैले बैज्ञानिकहरुले यदि विद्यालय आधा घण्टाको दूरीमा सुरु हुनेछ भने कक्षामा ध्यान केन्द्रीत गर्न सहयोग पुग्ने गर्दछ ।यस शोधपछि विद्यार्थी र विद्यालय कर्मचारीहरुले आधा घण्टा ढिलाबाट विद्यालय सुरु गर्न जोडदार वकालत गरेका छन् ।

iPod को ध्वनि कानका लागि खतरा

September 23rd, 2010

चर्को आवाजमा आइपड बजाउने किशोर/किशोरीको बानीका कारण उनीहरूको सुन्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । संगीत सुन्दा युवायुवती आइपडको आवाज पूरै खोल्छन्, जुन जेट इन्जिनको आवाजबराबर हुने अनुसन्धानले देखाएको छ ।

एम्पिथ्रीको भोल्युम उच्च बनाएर कानमा इयरफोन लगाउँदा सुन्ने क्षमतामा ह्रास आउने विशेषज्ञहरूको दाबी छ ।’यल युनिभर्सिटी स्कुल अफ मेडिसिन’का प्राध्यापक पिटर रोबिट्जका अनुसार केही म्युजिक प्लेयर्सको ध्वनि एक सय २० डेसिबलबराबर हुन्छ,जुन जेट इन्जिनको ध्वनिबराबर हो ।

युरोपियन कमिसनले आउने दशकमा ३० वर्ष उमेर समूहका १० प्रतिशत युवायुवतीको कानमा सुन्ने यन्त्र हुने दाबी गरेपछि प्राध्यापक रोबिट्जको चेतावनी आएको हो । युवायुवती हेडफोनमार्फत चर्को आवाजमा संगीत सुन्ने गर्छन्  युरोप र अमेरिकाको ९० प्रतिशत युवायुवतीले दैनिक थुप्रै घन्टा उच्च भोल्युममा संगीत सुन्ने गरेको सर्वेक्षणले देखाएको छ । बि्रटिस मेडिकल जर्नलको अनलाइनमा प्राध्यापक रिट्वेज लेख्छन्, ‘चर्को ध्वनिमा सुन्ने बानीले बालबालिका तथा युवायुवती कम सुन्न थालेका छन्, यसप्रति चासो पनि बढ्दो छ ।’

मोबाइल फोनबाट चर्को स्वरमा संगीत सुन्दा त्यसले निम्त्याउने परिणाम गम्भीर हुन्छ । थुप्रै अध्ययनले ठूलो स्वरमा संगीत सुन्नेहरूको श्रवणशक्तिमा दीर्घकालीन ह्रास आइरहेको देखाएको छ ।

RSS Feed

Search