काठमाडौं महाराजगंज निवासी ३३ बर्षीय सम्राट र ४० बर्षीया बलिउड नायिका मनिषा कोइरालाबीच विवाहको लगनगाँठो खबरले दुवै चर्चामा छन् । मनिषासंगको सम्बन्ध र उनको व्यक्तिगत तथा व्यवसायिक जीवनका बारे गरेको कुराकानीः
तपाईंबारे भनिदिनुहोस न ?
अमेरीकाको टेक्सासबाट इन्ड्रस्टीयल इन्जिनियरिङ्ग र एमबिए पास गरेपछि सन २००३ मेदेखी नेपालमा बस्दै आएको छु । बायोग्यासको क्षेत्रमा कार्यरत छु । यस्का लागि इकोफिन नामको संस्था दर्ता गरि एक वर्षयता अनुसन्धान गरिरहेको छु ।
तपाईको पारिवारिक पृष्टभूमी के हो ?
बुवा सुरेन्द्र दाहाल बासबारी छाला जुत्ता कारखानाका पूर्व म्यानेजर हुनुहुन्थ्यो । अहिले उहाले आफ्नै लगानीमा घर छेउमै लेदरविङ्स नामको छाला जुत्ता काराखाना चलाउनु भएको छ । आमा गुणकेशरी चक्रपथको राष्ट्रिय वाणिज्य बैकमा कार्यरत हुनुहुन्छ । परिवारमा म कान्छो हु । जेठा दाजु सुरज पनि अमेरीकामैं एमबिए गरेर यतै शैक्षिक संस्थामा आवद्ध हुनुहुन्छ । पहिले बालमन्दिरमा आवद्ध उहाँ अहिले काठमाडौं एकेडेमी र काठमाडौं विश्वविद्यालयमा संलग्न हुनुहुन्छ । पब्लिक हेल्थमा पिएचडी दिदी शुभाश्री र उहाँको परिवार अमेरीकामैं छन् । हामी तीनै जनाले विश्वविद्यालयको पढाई अमेरीकाबाटै गरेका हौं । पढ्ने सिलसिलामा सात बर्ष त्यहाँ बस्नुअघि दिल्लीमा विज्ञानबाट प्लस टू पास गरेको थिएँ । एसएलसी चाहि बुढानिलकण्ठ स्कुलबाट गरेको हु ।
मनिषासंग पहिलो भेट कहिले भयो ?
हाम्रो पहिलो भेट चार महिनाअघि काठमाण्डुमै भएको हो । म जस्तै विदेशमा पढेका १५/२० साथीहरुवीच सानो ग्यादरिङ थियो । त्यहीं मनिषासंग भेट भएको हो । त्यसअघि उनलाई देख्नु त परै जाओस भेट्ने कल्पनासमेत गरेको थिइनँ । (more…)






