राम्रो अभिनय गर्ने नेपालका थोरै चकलेटी हिरोमध्ये राजबल्लभ अग्रपंक्तिमा छन्। चार वर्षअघि गोपिकृष्ण मुभिजको चलचित्र ‘पर्खिबर्से’ बाट डेब्यु गरेका यी पोखरेली युवाले वर्षको सरदर ५ वटा चलचित्रमा काम गरिरहेका छन्। उनले अभिनय गरेका २० वटा चलचित्रमा १० जना युवतीसँग प्रेमको अभियन गरेका छन्। यद्यपि राजबल्लभको निजी जीवनमा भने पर्दामा भन्दा बढी युवतीले प्रेमको प्रस्ताव राखे। अंग्रेजी साहित्य र सिनेमा दुवैमा स्नातक गरेका यी नायक कवि पनि हुन्। उनका कविता केही दैनिक पत्रिका एवं फेसबुकमा देखिन्छन्। फुर्सदमा साहित्य र सिनेमामा रम्ने राज ओशोका गम्भीर अध्येता पनि हुन्। ओशोकै जीवन-दर्शनबाट प्रभावित राजबल्लभ मुक्त प्रेममा विश्वास राख्छन्। पर्दा बाहिर प्ले ब्वाइको इमेज समेत बनाएका राजबल्लभले साप्ताहिकको भ्यालेन्टाइन अंकका लागि जीवन, प्रेम र यौनका विषयमा खुलेर कुरा गरे।
चलचित्रभित्रको चरित्रमा तपाईं असल प्रेमीका रूपमा देखिनुहुन्छ तर प्रेमका प्रारम्भिक दृश्यमा तपाईंको अभिनय जति गम्भीर देखिन्छ, चलचित्र अघि बढ्दै जाँदा त्यो अभिनय फिक्का हुँदै जान्छ, किन यसो हुन्छ ?
किनभने हामी चलचित्र बाहिर असल साथी हुँदैनौं । हामी प्रेमी-प्रेमीकाको भूमिका छौं भने चलचित्र बाहिर कम्तीमा एक अर्कालाई राम्रोसँग बुझेको हुनुपर्छ । एक अर्कामा खुल्न सक्नुपर्छ । यो हिन्दी वा अंग्रेजी चलचित्रमा कलाकारबीच जुन सुमधुर सम्बन्ध हुन्छ, त्यो हामीसँग नहुनुको परिणाम हो ।
चलचित्रमा जुन प्रेम अभिव्यक्त हुन्छ, त्यो सशक्त हुन कलाकारबीच पनि त्यही प्रेम हुन जरुरी छ र ?
कलाकार भनेको लिने प्राणी होइन, दिन जन्मिएको प्राणी हो । हाम्रो जीवन कलरफुल हुनुपर्छ । साहरूख विवाहित हो, तर उ अन्य युवतीसँग कति रमाइलोसँग फ्लटिङ गरिरहेको हुन्छ । यस्तो फ्लटिङले एक-अर्कालाई नजिकिन र बुझ्न मद्दत गर्छ, जसको प्रभाव चलचित्रमा पनि पर्छ । यहाँ त प्रेमको भावमा को-स्टारलाई कसिलो अँगालो हाल्यो, निर्देशकको सुस्तताले अँगालो पनि खुकुलो हुनुपुग्छ । जुन गहिराई चाहिन्छ, त्यो गहिराइका लागि दुवैतर्फ उत्तिकै सक्रियता चाहिन्छ ।
नेपाली चलचित्रमा जुन गहिराइ खोजिरहनु भएको छ, त्यो गहिराइमा पुर्याउने क्षमता कुन-कुन नायिकमा देख्नुभएको छ ?
सबैमा अ-आफ्नै क्षमता छ । यद्यपि मैले माल्भिका सुब्बा, केकी अधिकारी र निशा अधिकारीमा त्यो सेक्रिफाइस पाएको छु । उनीहरू पर्दाभित्र र बाहिर उसैगरी खुल्छन् । उनीहरूको प्रेमी भएर रुन वा हाँस्न सरल छ । राम्रोका लागि पर्दामा जस्तै पर्दा बाहिर पनि प्रेमी नै हुनुपर्छ भन्ने छैन, तर केही खुल्नै पर्छ । अनी पो पर्दामा पनि सजिब अभिनय गर्न सकिन्छ । (more…)










