राजन थपलिया द्धारा लिखित गजलहरु…

May 5th, 2011

गजल (आत्मियता )

तिम्रो हात समाई बजार बजार डुल्नुको मज्जै बेग्लै
अंगालोमा बाधिएर संसार सारा भुल्नुको मज्जै बेग्लै

केहि किने जस्तो गरी बैशालु नजर ले त्यो जाल हान्दै
संसार भुली आनन्दको सागर मा घुल्नु को मज्जै बेग्लै

यती आत्मिय छौ तिमी मेरो मन,धन सबै तिमी लाई
सर्बशो दियौ लैजाउदै तिमी सामु खुल्नुको मज्जै बेग्लै

लुकेर होईन माया खुलेर त्यो ओठको लालि लालिमा
प्रीतको डाली डालिमा माया फूलझै फुल्नुको मज्जै बेग्लै

 

गजल

अब कुनै रहर साच्नु छैन
दुखेको मन फेरी भाँच्नु छैन

धेरै टुक्रिए म धेरै चोइटिए
आगोमा घ्यू थपेर नाच्नु छैन

कती शोषित पीडित भए म
सुख दुख को रंग जाच्नु छैन

हे आमा दुनियाँ खराब रैछ
मलाई रोइ रोइ बाच्नु छैन

गीत (तिमी स्वर्ग पुगे पछी)

तिमी स्वर्ग पुगे पछी मलाई लाग्छ
देख् ने छौ बुझ्ने छौ तिमीले
मेरो माया थियो कति

बेचिएको खुशी भन्यौ मेरो खुशी लाई
बेचिएको माया भन्यौ मेरो माया लाई
तिम्रो माया अन्तै सरे पछी
जब दुख बढे पछी

पाइलैपिच्छे दुख हरुमा साथ दिदै आए
तिम्रो प्रगतिमा कसम म कती रमाए
त्यही साथ लाई झुटो भनी कुल्चिएर गयौ
जब सिखर चुमे पछी

स्वर: राजन थपलिया
संगीत: तारा प्रकाश लिम्बु
शब्द :राजन थपलिया

गजल

बियोग नै रै’छ जीवन आसुँ को तिर भो
अर्को बाटो रोजेउ तिम्ले मलाई पिर भो

हिजोको दिन सम्झ त कती सुन्दर थियो
तर तिमी रमायनौ लत्याएको सिर भो

धेरै बिश्वास गरे मैले आफै लाई भुलेर
तर मेरो निम्ती मायाको बदला झिर भो

अझै नि बसेको छु तिमी आउने आशमा
आसुँ सुकी सकेछ माया गतिमा बीर भो

एक चोटी फेरी सोच प्रिय नत्र खरानी
तिमी सँग हार्दा हार्दा यो जिन्दगी भिर भो

गजल (ब्यारेकको भात )

केटी देख्न्नै नहुने जिस्क्नै पर्ने जवानी को मात लाग्यो कि
दुनियाको छोरी बुहारी बिगारी हिंड्ने ब्यारेकको भात लाग्यो कि

भुस्याहा कुकुर जस्तै त्यो तन्त्र र बाद को दासी पुच्छर
चोर साधु आफै गाउँ लुटी हिंड्ने दैत्यको जात लाग्यो कि

स्व बिबेक नभएका पसु हरु ले घास खाए नि हुन्छ
बलत्कारी हिंस्रक ति गिद्ध हरुलाई साढे सात लाग्यो कि

स्वास्नी घरमा हुँदा हुँदै बाहिर लभ गर्दै हिंड्नु पर्ने
भ्रष्टको कारखाना जस्तो असभ्य निष्ठुरीको बात लाग्यो कि

लाखौ मान्छे हरु मारिए रगत को खोला बग्यो देशमा
गोला बारुद मा सधै खेल्ने त्यो अपबित्र हात लाग्यो कि

गजल…(सडक बाट ब्युझेको मान्छे)


म सडक छेउ हजारौले कुल्चेर थुकेको मान्छे
दैबको पनि हेला सहदै मायाले चुकेको मान्छे

दुख को चपेटामा पसिनाका यी थोपा झारी रहे
म आगोमा मकै झै पिल्सियर त्यसै सुकेको मान्छे

थाहा छैन जिउदो छु कि मरिसके यो संसारमा
बेदनाको छाल बोकी त्यो भुमरिमा लुकेको मान्छे

दिन गन्दै सौभाग्यको सपना संगाल्दै बाची रहे
अमृत पिउने ओठ सामु लाजले झुकेको मान्छे

गजल…(भट्टी भट्टी डुलेर पिएँ आज )

छट्पटीमा रुदै सबको सामु खुलेर पिए आज
अँध्यारो लाग्यो जिन्दगी संसार भुलेर पिएँ आज

पराइको भयौ रे भन्ने जब एक सन्देश पाए
आफै लाई धिक्कार्दै भट्टी भट्टी डुलेर पिएँ आज

भोली भेट्ने बाचा गर्दै साझ पख छुटीएथ्यौ तर
चट्टान सरी बज्रिदा बेहोसिमा झुलेर पिए आज

भाचियो बिश्वास जिन्दगीको अब कुनै चिन्ता छैन
लाखौँ याद हरु तेजाब सँगै घुलेर पिए आज

भन्न त मायाको बारी बारीमा फुल्नु भन्थ्यौ प्रिय तर
म नालिको काडा घारी घारिमा फुलेर पिए आज

गजल (पाखे हली साथी )

भाग्यमानी रै छौ तिमी आफ्नै सुखी संसार छ
जहाँ टेक्छौ फुल फुल्छ जहाँ हेर्छौ बहार छ

के सम्झन्थेउ गाउँ र हामी अनपढ लाई
तिमी लाई प्यारो उहि ठुलो ठुलो शहर छ

भो भो अब बिर्सिदेउ पाखे हली साथी लाई
उस्को पनि मन जल्यो छाती भरी अंगार छ

रोएको छ हिमाल त्यो सुनसान बस्ती हरु
कठै तिम्रो त्यो गाउँ लाई मृत्युदण्ड स्विकार छ

गजल (आँखा छँदै कानो)

अँध्यारो सधै देख्न थाले आँखा छँदै कानो हजुर
हुरी आई भत्किएछ यो जिन्दगी को छानो हजुर

यती आत्मिय थियौं कि म भन्न पनि असमर्थ छु
तिम्ले सजिलै टुक्राउन सक्ने म भए चानो हजुर

गाजा र भट्टीको बिरोधी थिए उनले साथ दिदा
धोका पाउदा त्यो भट्टीले तान्दै भए सानो हजुर

हेर मेरो साथमा मलामी छन तिम्रो साथमा जन्ती
त्यही भएर जिन्दगीको सकिएछ मानो हजुर….

गजल (मरेको शहर )

भो बिर्सिदिन्छु यो घटिया पाखण्डी शहर तिम्रो भए
आफ्ना मान्छे लगाई जिउँदै रेट्ने रहर तिम्रो भए

ब्यर्थ भयो तिमी लाई यो दिल मा सजाएर राख्नु
मेरा सारा खुशी बगाई लैजाने नहर तिम्रो भए

छाती चिरेर भन्न सकिन माया कती छ भनेर
मायाको ब्यापार गरी हिंड्ने त्यो रात्री प्रहर तिम्रो भए

पल पल मा बाचे पल पल मानै मरे तिम्रै लागि
मरी मरी सडी जाओस त्यो भन्ने ठहर तिम्रो भए

जादैछु टाढा-टाढा यो धर्ती भन्दा पनि निकै टाढा
छट्पटी मा तड्पिएर पिउने ति जहर तिम्रो भए

गजल (बिरहको धुनहरु)

निर्दयी कालको आगमन सँगै तिम्रो स्वर्ग बास भयो
तिम्रो मृत्युको खबर ले मेरो पनि जिउदै लास भयो

भेट्न भनी आए हतार हतारमा कालो रात्री छिचोल्दै
दोबाटोमा शंख फुक्दै झरीमा रुझ्दै मलामी पास भयो

तिमी परमधामको यात्रा गर्दै म समय लाई थुक्दै
मुटुको धड्कन बढ्दै जाँदा फेर्नै नसकिने सास भयो

कात्रो ओढी सिर देखी पाउ सम्म जल्दै छिन मेरी प्रिय
खरानी भई उड्यो जिन्दगी परिस्थितिको दास भयो

सुन्दर छन् हिमाल पहाड त्यो सुन्दर ति बस्ती हरु
स्वगै भए नि तर तिमी बिना जिउनु के नै खास भयो

कबिता (आफै देखी टाढा)

दुनिया देखी आफ्नो संसार सारा टाढा बनाए
आफ्नै जिन्दगी देखी किन म यसरी अघाए

पहाडले थिचिनु र पुरिनु त नियती भैसक्यो
दुखैमा बितेका मेरो यो जीवन दुखैमा रमाए

कहाली लाग्दो पीडा सँगै बलत्कृत रहरहरु
त्यो हासो खुशी सारा संसार आशु सँगै बगाए

लज्जित भए सफलताको सिखर चढ्न नसक्दा
दुनियाको भिडमा हराउँदा आफै सँग आफै डराए


गजल (जिउँदै मारेको मान्छे)

म त तिमीले जिउँदै रेटी मारेको मान्छे
मृत्यु नै नभइ तेर्ह दिन बारेको मान्छे

बुवाको निधन पछी घर को दुखै दु:ख
ले नै बगाई सात समुन्द्र तारेको मान्छे

हिरा मोती ले ढाकिएका तिम्रा साथीहरु
माझ छि:गरीब भन्दै पर सारेको मान्छे

माछै सम्झी जाल हानी बगर मा फ्याँकेयौ
जिउदै अपांग पारी एक्लो पारेको मान्छे

बर्षौं पछि फर्कदैछु आज यो जित ठान्दै
त्यही तिम्रो नजर मा सधै हारेको मान्छे

गजल…(कृतघ्न पतक)

म जलेर खरानी हुँदा तिमीले शंख फुक्नु
मेरो लाश मा टेकी दुइ-चार पटक थुक्नु

म हावा भै उडेसी एक पल को भेट सम्झ
कृतघ्न पतक सबै सामु घाट अघी झुक्नु

नाच गान गर्दै उत्साह उमंगले भरिनु
बौलाहा कुकुर जम्मा पर्दै तिनै सँग भुक्नु

गजल…(असभ्य गिद्दहरु….)

आस देखाइ दाश बनाउने त्यो नेताको भासन नराम्रो
मानब संबेदना हिन बौलाहा हरु को सासन नराम्रो

गोही जस्तै आसुँ झार्ने सर्प झै ज्ञानी महामानब हरु
जनता बाट बहिष्कृत यि मुर्दाहरु को आसन नराम्रो

सडेका असभ्य गिद्द हरु लाई के थाहा देश प्रेम के हो
हत्या हिंसा आतंकमा रमाउने आर्मीको रासन नराम्रो

गजल (कुनै जमानामा)

गाजा भाङ धतुरो सबै खाइयो कुनै जमानामा
महादेवले झै माया प्रीति लाईयो कुनै जमानामा

छिमेकीको खसी चोरियो कलेजको सिसा फोरियो
झ्याप भै खुबै-याप गीत गाईयो कुनै जमानामा

ट्युसन पढाउने भन्दै दिन रात प्रिया को घर मा
पढ्न जाने भन्दै डेटीङ्ग धाईयो कुनै जमानामा

हासी हासी नाची डिस्को बार दोहोरी सबै गईयो
सुर्ती खैनी पराग सबै चाइयो कुनै जमानामा

गजल (फिर्ता गर मेरो बिधार्थी जीबन काल)

फिर्ता गर मेरो त्यो अमूल्य बिधार्थी जीबन काल
रोएर सिर झुकाइ बाच्नु पर्यो मैले यत्रो साल

झुस्स दारी पालेका शिक्षित भनौदा दलाल हरु
अन्धो आपङग सरि बाचेको छु मरेकै भो हाल

नेता बन्न ढुङ्गा हान्न टायर बाल्न सबै सिकायौ
पास र फेल को तराजुमा बुन्यौ बिकृतिका जाल

खै सृजनसिल यो युग परिबर्तनकारी शिक्षा
भो अब नदेखाउ तिम्रा असम्भव सपनाको छाल

बरु किन सिकाएनौ त्यो गाजा चरेश बेच्न लाई
प्रमाणपत्र बोकी हिड्दा हिड्दा भयो जोगिको चाल

गजल

काठे पुल तर्दै बगर बगरमा डौड्दै खोलाको चिसो पानी छुन मन लाग्यो
आफ्नै माटोमा पसिना बगाई सुन फलाई दुख जती सबै धुन मन लाग्यो

गाईबस्तु चराउँदै यो वल्लो पाखा भोली पल्लो पाखा गोठालो जान मन लाग्यो
बुढेसकालको साहारा भै बुढा हजुरबा को आखाँको ज्योती हुन मन लाग्यो

पर्खि बस्नु भएको ति हजुर आमा लाई पछाडी बाट आखाँ छोप्न मन लाग्यो
पातलिदै गएको गाउँघर र टाढिएका साथी भाई सम्झी रुन मन लाग्यो

चरीको चिरबिर बिरालोको म्याउ म्याउ भालेको कुखुरी काँ सुन्न मन लाग्यो
पौरखी हात मेरै माटोमा….. अर्को जुनीमा पनि नेपाली हुन मन लाग्यो

गजल (दिलको पानापानामा )

प्यास मेट्न तिम्ले पिउने मदिराको मात बन्छु
तिम्रो उन्माद मस्त जवानीको पहिलो रात बन्छु

मस्त जवानी सँगै बियरको क्या चुस्की लिदै छौ
अधरहरु चुम्दै तिम्रो लक्की नम्बर सात बन्छु

धेरै नै पद्छौ रे अचेल जताततै किताब छ
तिम्रो दिलको पानापानामा प्रेमपत्रको खात बन्छु

अधुरो छ हाम्रो मिलन म दलित तिमी बाहुन
यो जात छोडी तिम्रो दुखमा साथ दिने हात बन्छु

गजल (धारिलो छुराहरु)

अपराधी झै यो सब को सामु झुकेर रोए आज
आफ्नै तिरस्कृत जिन्दगी लाई थुकेर रोए आज

येस्तै रैछन साथीका नाममा धारिलो छुरा हरु
जिउदै तेजाब छरे इन्द्रिय सुकेर रोए आज

जिन्दगी येस्तै भयो डर लाग्दो तुहिएको सपना
बदनम यो सहन नसकी लुकेर रोए आज

जिउदै छु कि मरी सके शरम लाग्छ भन्न पनि
आत्महत्या गर्न खोज्दा एक्कासी चुकेर रोए आज

गजल (धारिलो छुराहरु)

अपराधी झै यो सब को सामु झुकेर रोए आज
आफ्नै तिरस्कृत जिन्दगी लाई थुकेर रोए आज

येस्तै रैछन साथीका नाममा धारिलो छुरा हरु
जिउदै तेजाब छरे इन्द्रिय सुकेर रोए आज

जिन्दगी येस्तै भयो डर लाग्दो तुहिएको सपना
बदनम यो सहन नसकी लुकेर रोए आज

जिउदै छु कि मरी सके शरम लाग्छ भन्न पनि
आत्महत्या गर्न खोज्दा एक्कासी चुकेर रोए आज

कबिता (कालखण्ड)

सबै माया प्रेममा पागल भै बस्ने हो भने चन्द्रमा को गीत कस्ले लेख्ने
आबिस्कारी सपना सँगै पृथिवी बाहेक दोश्रो संसार कस्ले देख्ने
केतु को खोजी कस्ले गर्ने मंगल ग्रहमा को जाने
पुछ्रेतारा को खोजी कस्ले गर्ने परेको खन्डमा देशको लागि को मर्ने
समय लाई बुझे पछी…….आफै लाई चिने पछी…..…आज

आफु जन्मेको कालखन्डको इतिहास लेख्न मन लाग्यो
अधुनिक भन्दा पनि अत्याधुनिक बन्न मन लाग्यो
एउटा ग्रह बाट अर्को ग्रहमा बसाइ सर्न मन लाग्यो
आज बुध भोली बृहस्पतीमा जान मन लाग्यो
घुम्नु को सबै मज्जा लुट्न मन लाग्यो
न्यूटन ,फराडे ,प्लेटो ,आइनस्टाइन ,एरिस टोटल
मण्डेलाले जस्तै युग परिवर्तन गराउन मन लाग्यो
ओशो जस्तै दार्सनिक चेतनाले ओत्प्रोत हुन मन लाग्यो
ओबामा,मार्टिन लुथर किङ ले जस्तै भाषण गर्न मन लाग्यो
डैन ब्राउन,लिओ टोल्सटोय र देवकोटाले जस्तै लेख्न मन लाग्यो

कसैले भेदभाव गर्दा हिट्लर जस्तै बन्न मन लाग्यो
प्रगती र शान्ति को लागि बुद्ध बन्न मन लाग्यो
दिल खोलेर हास्न मन लाग्यो प्रकृतिको काखमा बाच्न मन लाग्यो
बैज्ञानिक र दार्शनिक ले झै चिन्तन मनन गर्न मन लाग्यो
हिन्दू,क्रिस्चियन ,मुस्लिम को लगाम लगाइ बाच्नु भन्दा
पनि यस धर्तीमा घास खाने पसु भन्दा
मान्छे भै जन्मेकोमा गर्ब गर्न मन लाग्यो

गजल

देश बनाउछौ भन्दै बाढीचुडी सारा संसार आफै ले खाए
सिरको टोपी अरु लाई दिइ जुत्ताको माला आफैले लाए

ति बिदेशी हस्तक्षेप बिरुद्द लड्न जनता लाई उचाले
भ्रमणको बहानामा गल्ती भो प्रभु भन्दै फेरी उतै तिर धाए

के सही के गलत छुट्याउन नसक्नु हाम्रो ठुलो गल्ती भयो
नेपाली भै नेपाली दाजु भाई लाई रुवाएर खै के पाए

जनता लाई नै हतियार बनाइ रगत को होली खेले
नाटक गरेर आसु झार्दै मञ्चमा बिरहको गित गाए

गजल

शहर बजार जताततै तिम्रो क्या नाम छ
पैसा सँगै साटिने क्या गजबको काम छ

चुपचाप बस्ने हरु ले के नै गर्या छन् र
तिम्लाई भेट्न जताततै गाडीको जाम छ

अचेल भाउ पनि बढायौं रे सुनेको थें
ईज्जतै फालेनी त्यो जवानीको क्या दाम छ

मालिक को फोन आउँदा कर्मचारीहरु
तर्सिएर सलाम ठोक्ने हरु को लाम छ

गजल

अर्को दशै र तिहारमा नआए छोरो मरेछ भनी सम्झनु आमा
बुढेसकालको साहारा लाई दैब ले हरेछ भनी सम्झनु आमा

नाचगान गर्दै लिंगे पिङ देउसी भैलो खेल्न साथी हरु कुर्दै होलान्
यहाँ बिरामी छु म दैब ले नि अन्याय गरेछ भनी सम्झनु आमा

त्यसै ओइलाए होलान् कती सयपत्री मखमली र जमरा हरु
रातो टिका निधारमा लाउनै नपाइ झरेछ भनी सम्झनु आमा

मेरो बाटो हेर्दै दिदी कुर्दै होलिन् बुढा बा दिन गन्दै होलान् तर म
कहिल्यै भेट नहुने गरी लाखौ समुन्द्र तरेछ भनी सम्झनु आमा

गीत (आभास पाए )

सँगै भेटे जस्तो लाग्यो सपनिमा देख्दा पनि
स्पर्श को आभास पाए मुटु माझ भेट्दा पनि

यती आत्मिय छौ तिमी भन्न पनि असमर्थ छु
कहिल्यै मेटिएन ति यादहरु पहाडले छेक्दा पनि

आस्थाको फूल चढायौ बिश्वाशको मन्दिरमा
सम्झना को सागर तर्दै किनारमा टेक्दा पनि

गीत(थोत्रा कुराहरु )

छोडी देउ माया प्रेमका थोत्रा कुराहरु
चाहिदैन तेस्ता मुटु रेट्ने छुराहरु

हासी खुशी यो संसारमा तिमी नै बस
दुनियाको दिल भित्र तिमी नै पस

भो अब नगाउ ति बिरहका गीतहरु
खुशीयाली मनाउ तिम्रै भयो जितहरु

गीत (तिम्रो कुरा चल्दा…)

कसैले माया को कुरा गर्दा तिम्रो याद आयो
आखा भरी आसु सँगै मुटुको धड्कन बढायो

धेरै माया गरेछु भुल्न सकिन ति याद हरु
रमाएरै पनि के गर्नु जब पाइन ति साथहरु

आउछु भन्थेउ तर देख्नै नसकिने ठाउँमा फुल्यौ
सपनिमा देखेर के गर्नु बिपनीमा अनायासै भुल्यौ

गजल

रगतको खोला बग्यो गोलीको भर पर्दा
सबै लथालिंग भयो बोली को भर पर्दा

बिश्व चुम्ने ईच्छा हुँदा दुखैमा सड्नु पर्यो
छाल ले पनि बगायो खोली को भर पर्दा

सधै अरु सँग मागेरै काम चलाउदा
भिकारी भइन्छ रे हो झोलीको भर पर्दा

गरीब भइयो यहाँ आफै लाई नचिन्दा
अभाबमा बाच्नु पर्यो भोलीको भर पर्दा

मुटु चुडाइ दिदा पनि त्यो मन पग्लेन
जिन्दगीमा नागै भैयो डोली को भर पर्दा

गीत (ती यादहरु…)

कतै मायाको कुरा चल्दा तिम्रो याद आयो
चली रहने हावाले स्पर्श गरायो

तिम्रै आभास हुन्छ कतै मिठो बोली सुन्दा
सुन्नै सकिन मैले त्यसै मुटु भरिएर आयो
बिहानिपख ब्युझिदा तिम्रो याद आयो

हराएछु कता कता आकाश हेरे तिमी लाई नै देखे
एकै छिन टोलाएर बसे अनायासै भाब बिव्हल भएँ
धरै माया गरेछु भुल्नै सकिन सधै तिम्रो याद आयो

गीत (जीवन लीला)
बेहोसिमै बाच्छ बेहोसी मै मर्छ मान्छे
परिस्थितिको दाश भै एउटै जिन्दगीमा
पनि हजार चोटी मर्छ मान्छे

भोली को सपनाले आज को यथार्थ लाई लुकाइ दिन्छ
स्वर्ग पाउने आशमा नर्गमा पनि सिर झुकाइ दिन्छ
अन्त्यहिन यात्रामा पनि उ दौडि रहन्छ
पानी बिनाको सागरमा पनि पौडी रहन्छ
न उ डुब्छ न त उत्रन्छ

फुल झै फुले पनि एक दिन ओइलाई झर्नु पर्छ
सिहं र बाघ भन्ने हरु पनि एक दिन मर्नु पर्छ
असम्भव छ तैपनी संघर्ष जारी छ
सुख र शान्ति को खोजी मा तड्पी रहन्छ
न त पाउछ त्यसै समय बर्बाद गरी रहन्छ

गीत (अरुको रहरमा…)

अचम्मै रै’छ मायाको खेल दुखे पनि हास्नु पर्ने
आफ्नो खुशी मेटाएर अरुको रहरमा बाच्नु पर्ने

तिमी तिमी भन्दा भन्दै बित्यो जीवन सारा
धर्तीले नपुगे पछी टिपेर ल्याउ भन्छिन् तारा
आफै बेचिदा पनि उनकै माया साच्नु पर्ने

मुटु चुडाइ दिदा पनि सधै त्यो रुपको घमण्ड
लाछीएको हागो जस्तै तिम्रो मेरो सम्बन्ध
बाध्यता मा मुटु रेटी आफ्नै मन भाँच्नु पर्ने

Leave a Reply

RSS Feed

Search