
जन्मजात संगीतको सुर लिएर आएका स्वरुपराज आचार्य नेपाली सुगम संगीतमा नौलो नाम होइन । भजन शिरोमणी भक्तराज आचार्यका छोरा स्वरुपराजले चलचित्रमा पनि संगीत दिइसकेका छन । संगीतमा छुट्टै स्थान बनाएका स्वरुपराजले दाजु सत्यराज आचार्यसँग मिलेर धेरै लोकप्रिय गीत गाएका छन । एक दशकदेखि साँगीतिक क्षेत्रमा सक्रिय यी दाजुभाईले ‘सत्यस्वरुप’ ब्रान्ड नै बनाएका छन् । बद्नाम भएछु तिम्रै कारणले, काँडा त बिझ्यो विझ्यो, धेरै माया दिंदा रैछन गीत निकै लोकप्रिय छन् । स्वरुपराजसँग गरेको छोटो कुराकानी ।
० सुगम संगीतमा धेरैको ढुकढुकी बन्नु भा छ नि ?
- सायद भगवानले पनि साथ दिनु भएको होला । हामी दाजुभाईले पनि उत्तिकै मेहनत गरेका छौँ ।
० तपाईहरुको एल्वम चाहि कम आएको हो ?
- हामीले वि.स २०५४ मा लाहुरे दाई पछि २०५८ मा मुटु जलिरहेछ, त्यसपछि एउटामात्रै एल्बम बजारमा ल्यायौं । अरुले जसरी वर्षैपिच्छे ल्याएका छैनांै तर चलचित्र र अरुका कलेक्शन एल्वममा गाइनै रहेका छौँ ।
० चलचित्रको संगीतमा अलि बढी ब्यस्त हुन भए जस्तो छ ?
- हो । पछिलो समयमा ७, ८ बटा चलचित्रमा काम गरिसक्यो । निर्माता, निर्देशकले सत्य र मेरो कामलाई मन पराइदिनु भएको छ ।
० तपाइँहरु यो स्थानमा आइपुग्न अग्रज संगीतकार शम्भुजीत बाँसकोटाको पनि भुमिका छ भन्छन हो ?
- उहाँले नै पहिलो पटक बसन्ती फिल्मको शीर्ष गीत प्यारी वसन्ती गाउन दिनु भएको थियो । यो अवस्थामा हामी दुइ जना आइपुग्नुमा उहाँको ठूलो हात छ । उहाँ हाम्रो बुवापछिका बुवा, गुरुवा मार्गदर्शक हुनुहुन्छ । उहाँले मलाई त बम्बईमा लग्नु भएको थियो । त्यहाँ मैले भारतीय गायक, गायिकाहरुसँग उठबसको मौका पाएँ । उहाँका एल्बममा हामीले निरन्तर गाउने मौका पाइरहेका छौँ । (more…)








