Archive for September, 2010

बालबालिका ढिलो विद्यालय जानु राम्रो

September 23rd, 2010

studentsएउटा महत्वपूर्ण सवाल हो कि बालबालिकालाई एउटा आदर्श विद्यार्थी बनाउनका लागि के गर्नु आवश्यक छ? तर अब शोधकर्ताहरुले यसको एउटा सजिलो उत्तर पत्ता लगाएका छन् ।

शोधकर्ताहरुका अनुसार बालबालिकालाई आधा घण्टा बढी सुत्न दिनु पर्दछ र यसका लागि उनीहरुलाई विद्यालय जानुभन्दा अधा घण्टा अघि ब्युँझाउनु आवश्यक छ । अमेरिकामा गरिएको एक अध्ययनका अनुसार यदि विद्यालय आधा घण्टापछि खुल्दैछ भने उनीहरुलाई ठिक त्यही समयअनुसार उठाउनाले किशोरवस्था अर्थात टीनएजर बालबालिकाको थकावट र तनाव कम हुने गर्दछ । त्यसपछि उनीहरु विद्यालय जानका लागि उत्साहित हुने गर्दछन् ।

यस अमेरिकी शोधका अनुसार सेनाको जस्तो अनुशासन भूल्नुस किनकी बालबालिकालाई आधा घण्टा बढी विछ्यौनामा विताउन दिनाले उनीहरु बढी खुसी हुने गर्दछन् । यस शोधमा उच्चमाविका २०० विद्यार्थीले भाग लिएका थिए जसको विद्यालय समय ८ बजेको सट्टा ८.३० बजे गराइएको थियो । शोधका अनुसार ढिला विद्यालय जाने बालबालिकामा महत्वपूर्ण परिवर्तन आयो ।

उदाहरणका लागि उदास र तनावको गुनासो गर्ने बालबालिकामध्ये ३० प्रतिशतले यसबाट आफ्नो गुनासो हटेको बताए । जबकि २५ प्रतिशत बालबालिकाले आफूमा यसबाट चिडचिडाहट कम भएको र करिब करिब त्यति नै बालबालिकाले थकावटको लक्षण कम भएको बताए । यसअघि गरिएको शोधबाट पनि प्रमाणित भइसकेको छ कि बालबालिका जब किशोरावस्थामा या टीनएजमा पुग्छन् तब उनीहरुमा सुतेर उठ्ने समय २ घण्टा बढ्दछ । शोधकर्ताहरुका अनुसार आदर्श स्थितिमा किशोरावस्थामा सुत्ने समय ८ देखि ९ घण्टा आवश्यक हुने गर्दछ।  त्यसैले बैज्ञानिकहरुले यदि विद्यालय आधा घण्टाको दूरीमा सुरु हुनेछ भने कक्षामा ध्यान केन्द्रीत गर्न सहयोग पुग्ने गर्दछ ।यस शोधपछि विद्यार्थी र विद्यालय कर्मचारीहरुले आधा घण्टा ढिलाबाट विद्यालय सुरु गर्न जोडदार वकालत गरेका छन् ।

iPod को ध्वनि कानका लागि खतरा

September 23rd, 2010

चर्को आवाजमा आइपड बजाउने किशोर/किशोरीको बानीका कारण उनीहरूको सुन्ने क्षमतामा ह्रास आइरहेको हुन्छ । संगीत सुन्दा युवायुवती आइपडको आवाज पूरै खोल्छन्, जुन जेट इन्जिनको आवाजबराबर हुने अनुसन्धानले देखाएको छ ।

एम्पिथ्रीको भोल्युम उच्च बनाएर कानमा इयरफोन लगाउँदा सुन्ने क्षमतामा ह्रास आउने विशेषज्ञहरूको दाबी छ ।’यल युनिभर्सिटी स्कुल अफ मेडिसिन’का प्राध्यापक पिटर रोबिट्जका अनुसार केही म्युजिक प्लेयर्सको ध्वनि एक सय २० डेसिबलबराबर हुन्छ,जुन जेट इन्जिनको ध्वनिबराबर हो ।

युरोपियन कमिसनले आउने दशकमा ३० वर्ष उमेर समूहका १० प्रतिशत युवायुवतीको कानमा सुन्ने यन्त्र हुने दाबी गरेपछि प्राध्यापक रोबिट्जको चेतावनी आएको हो । युवायुवती हेडफोनमार्फत चर्को आवाजमा संगीत सुन्ने गर्छन्  युरोप र अमेरिकाको ९० प्रतिशत युवायुवतीले दैनिक थुप्रै घन्टा उच्च भोल्युममा संगीत सुन्ने गरेको सर्वेक्षणले देखाएको छ । बि्रटिस मेडिकल जर्नलको अनलाइनमा प्राध्यापक रिट्वेज लेख्छन्, ‘चर्को ध्वनिमा सुन्ने बानीले बालबालिका तथा युवायुवती कम सुन्न थालेका छन्, यसप्रति चासो पनि बढ्दो छ ।’

मोबाइल फोनबाट चर्को स्वरमा संगीत सुन्दा त्यसले निम्त्याउने परिणाम गम्भीर हुन्छ । थुप्रै अध्ययनले ठूलो स्वरमा संगीत सुन्नेहरूको श्रवणशक्तिमा दीर्घकालीन ह्रास आइरहेको देखाएको छ ।

गिरिजाप्रसाद कोइरालाका छोरा

September 23rd, 2010

  • girija son

    गिरिजाप्रसाद कोइरालाका छोरा यी हुन - तस्विरमा । कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजाता सधैँ चर्चामा छिन, तर छोरा सुरेश गुमनाम छन । अधिकांश नेपालीलाई त गिरिजाप्रसादका छोरा छन भन्नेसमेत थाहा छैन ।

    कोइरालापुत्री सुजाता देशको मन्त्रीको रूपमा झन्डावाल गाडीमा नारायणहिटी स्थित परराष्ट्र मन्त्रालय ओहोरदोहोर गर्छिन, छोरा सुरेश भने किस्ताबन्दीमा लिएको मोटरसाइकल चढेर आफैंले चलाएको प्रेस धाउँछन । सुरेश काठमाडौं हात्तीसारमा रहेको क्रियटिभ प्रेसका सञ्चालक हुन । राजनीतिक दाउपेचबाट टाढा रहेका सुरेश बाबु गिरिजाप्रसाद प्रधानमन्त्री भएकै वेला पनि बालुवाटार कमै जान्थे । सुरेशले न म गिरिजाप्रसादको छोरो हुँ भनेर फुर्ती लगाए, न गिरिजाप्रसादले नै चिनाए । त्यसैले बालुवाटारमा उनलाई सामान्य आगन्तुकको भन्दा फरक व्यवहार पनि भएन । म उहासँग (गिरिजाप्रसाद कोइराला) को सम्बन्धका बारेमा बोल्न चाहन्न । म लो प्रोफाइलको मानिस, चर्चामा आएर के गर्नु ? उनले भने ।

    सुरेश २२ चैत २००४ मा जन्मिएका हुन जतिवेला गिरिजाप्रसाद र सुष्माको चिनजानसमेत भएको थिएन । आमा दुलही बनेर कोइरालानिवास भित्रिँदा छोरा बनेर सुरेश पनि भित्रिएका हुन । त्यसपछि सुरेशको लालनपालनको सम्पूर्ण जिम्मा लिए गिरिजाप्रसादले । बनारसनिवासी स्टदेव उपाध्यायकी छोरी सुष्माको पहिलो बिहे भारतमै भएको थियो । तर सुरेश जन्मिएको केही समयपछि सुष्मा र उनको श्रीमानबिच सम्बन्धविच्छेद भयो । यता केशव कोइरालाकी श्रीमती नोनाको पनि माइती बनारसमै हो । नोनाकै सहयोगमा सुष्मा विराटनगर आइन् र स्थानीय आदर्श बालिका विद्यालयमा पढाउन थालिन । सो विद्यालय नोना, बिपीपत्नी सुशीला र शैलजाकी आमा इन्दिरा मिलेर खोलेका थिए । त्यही विद्यालयमा गिरिजाप्रसाद र सुष्माको भेट भएको हो । (more…)

  • यस्तोमा बस्छन् अर्बपतिहरु

    September 23rd, 2010

    चिटिक्क परेको घर बनाउने सपना धेरैमा हुन्छ । यही सपनाकै कारण घर बनाउन धेरैले वर्षौंको कमाइ खर्च गर्छन् । पैसा जोगाउँछन् अनि गच्छेले सकेको सानदार घर बनाउँछन् । यस्तो राम्रो बासस्थान बनाउने मोह नेपालीमा मात्र भएको भने पक्कै होइन । विश्वका अर्बपतिले पनि लाखौं डलर घर बनाउन खर्चेका छन् । अर्बपतिको सूचीमा बारेन बफेट यस्ता धनाढ्यमा पर्छन्, जो साधारण घरमा बस्न चाहन्छन् ।

    बर्सेनि विश्वका अर्बपतिहरूको सूची प्रकाशित गर्ने फोब्र्स म्यागजिनले धनीको सूचीमा अघिल्लो क्रममा आउने व्यक्तिका केही घरबारे सूचना प्रकाशित गरेको छ । कस्ता छन् त धनीका ठूला महल ? फोब्र्सले अर्बपतिका महलको सूचीमा अघिल्लो स्थानमा राखेको ५ बासस्थान ।

    बफेटको घर

    वारेन बफेट विश्वका सबैभन्दा धनी व्यक्तिको सूचीमा तेस्रो स्थानमा पर्छन् । उनको सम्पत्ति ४७ अर्ब अमेरिकी डलर छ तर उनको घर ६ हजार वर्ग

    (more…)

    विश्व साइकलयात्री सर्वोच्च शिखरमा

    September 20th, 2010

    विश्व साइकलयात्री सर्वोच्च शिखरमा

    Quantcast

    काठमाडौं, ३ जेठ,  विश्व साइकलयात्रीका नामबाट आफ्नो परिचयलाई उच्च स्थानमा पुर्‍याउन सफल पुष्कर शाह विश्वकै सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पनि सफल भएका छन् । विश्व शान्तिको कामनासहित साइकलबाट एक सय ५० मुलुकको यात्रा गरेका शाहको सगरमाथाको शिखर चुम्ने सपना सोमबार बिहान साढे १० बजे पूरा भएको हो। त्यहाँ पुगेपछि उनले आफूले साइकलयात्रा गरेका एक सय ५० वटै मुलुकको राष्ट्रिय झन्डा फहराए। ‘एक सय ५० वटै मुलुकको राष्ट्रिय झन्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउन पाउँदा आफूले साइकलयात्रा गर्दा भोग्नुपरेका सबै दुःख, पीडा र वेदना बिर्सिएँ,’ शिखर चुमेको खुसीयाली विश्व साइकलयात्री शाहले यसरी व्यक्त गरे। ‘पिस एक्सपिडिसन-२०१०’ आरोहण अभियान अर्न्तर्गत दक्षिणी मोहडाबाट सगरमाथाको शिखर चुमेका उनी २५ चैतमा त्यसतर्फलागेका थिए। महाशाखाका अनुसार उनले एक सदस्यीय आरोहण दलबाटै सगरमाथाको शिखर चुमेका हुन्। शाह १२ वर्षघि मुलुकमा माओवादी सशस्त्र द्वन्द्व चर्किएका बेला विश्वमा शान्ति फलियोस् भन्ने कामनासहित १२ मंसिर २०५५ मा चन्द्र-र्सर्ूयअंकित राष्ट्रिय झन्डा र एउटा साइकलको भरमा विश्व भ्रमणमा निस्किएका थिए । २४ फागुन २०२४ मा दोलखाको भीमेश्वर नगरपालिका-१२ मा जन्मेका ४३ वषर्ीय शाहको यात्राका क्रममा आफूले घुमेका राष्ट्रको झन्डा सर्वोच्च शिखरमा फहराउने सपना थियो। सगरमाथातर्फजाने दिन राष्ट्रपति कार्यालयमा भएको बिदाइ समारोहमा उनले जसरी भए पनि सगरमाथाको सफल आरोहण पूरा गर्ने अठोट गरेका थिए। र् पर्यटन उद्योग महाशाखाका उपसचिव बाबुराम भण्डारीले विश्व साइकलयात्री शाहसहित सोमबार एकै दिन विभिन्न मुलुकका ९२ जनाले सगरमाथाको पाइला टेकेको बताए। उनले ४२ जना विदेशी र ५० जना नेपालीले सगरमाथाको पाइला टेकेको जानकारी दिए। महाशाखाका शाखा अधिकृत डोरेन्द्र निरौलाले स्वदेशी र विदेशी गरी यस वर्षो वसन्त ऋतुमा सगरमाथा चढ्नका लागि २५ वटा आरोहण दलले अनुमति लिएको बताए (more…)

    RSS Feed

    Search