१. बहर(मिटर)= सेरको लयात्मकता(छन्द)l जसले मिश्र(हरफ)हरुसंग तुलनात्मक सम्बन्ध राख्छ l
गजलका प्रत्येक मिश्रका सेरहरुले बहरसंग सन्तुलनमा रहनु पर्दछ l जस्तै:
आफ्नै जीवन बालेर राप ताप्दैछु अचेल l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु अचेल l
२.रदीफ = शब्द वा शब्दहरु l जो गजलका अन्तिमका २ हरफमा छन्दमा टुंगीन्छंन र प्रत्येक मिश्रको सेरमा दोहोरिन्छ्न l रदीफ बिनाको गजल पनि देखिएका छन् l त्यस्ता गजललाई ‘गैर-मुरद्दफ’ भनिन्छ l
रदीफ र काफिया भएका जस्तै: कोष्ठमा हेर्नुस-
आफ्नै जीवन बालेर राप ताप्दैछु (अचेल) l
आफ्नै जीवन ढालेर आयु नाप्दैछु (अचेल) l
३.काफिया =रदीफ अगाडी प्रयोग हुने शब्द वा शब्दहरु जसको सन्तुलित ध्वनि हुन्छ र यसले गजलको वजन दिन्छ l
जस्तै: कोष्ठमा हेर्नुस -
आफ्नै जीवन बालेर राप (ताप्दैछु) अचेल l
आफ्नै जीवन ढालेर आयु (नाप्दैछु) अचेल l
४.मत्ला= गजलको प्रथम २ सेर वा मिश्र(हरफ)हरु l जहाँ रदीफको प्रयोग गरिन्छ l यो गजलको महत्व-पूर्ण अङ्ग हो l किन भने यहाँ प्रयोग भएका रदीफ र काफियामा पूरै गजल निर्भर हुनु पर्दछ l (more…)





