स्वामीको जोक

August 28th, 2010

तपोवन ! नामले नै बडो आध्यात्मिक र आस्थापूर्ण लाग्ने। जान मन हुँदाहुँदै पनि कहिल्यै जाने अवसर नपरेको। साउन २२ गते शनिबार हामी चार भाइ, श्रीओम श्रेष्ठ रोदन, डा रवीन्द्र समीर, दीपकिरण शर्मा र म तपोवन प्रस्थान गर्‍यौँ, बिनाकुनै योजना। तपोवनभित्र पसेपछि लाग्यो धर्मशास्त्रमा वणिर्त उहिलेउहिलेका ऋषिमुनिहरूले तपस्या गर्ने स्थल यस्तै हुँदो हो। शान्त, हरयिालीको रमणीयपनले तानिरहेको र असाध्य सफा र स्वच्छतामा ध्यान पुर्‍याइएको। मलाई लाग्यो, म यस्तो मनोरम ठाउँमा आजसम्म आउन किन वञ्चित रहेँ, सायद आफ्नै कर्मले।

त्यहाँको प्राकृतिक छटाका अतिरत्तिm स्वामी आनन्द अरूणको प्रवचन भन्ने सुनेका हामी त्यहाँको ठूलो प्रवचनालयमा पस्दा झन्डैझन्डै बस्ने ठाउँको अभावजस्तै भइसकेको थियो। कोही हाँसिरहेका, कोही रोइरहेका, बिनाकारण। कोही नाचिरहेका पनि। यस वातावरणमा स्वामीजी व्यासासनमा उक्लिए र धाराप्रवाह प्रवचन दिनथाले। उनले एउटा अमेरकिी आतंककारीलाई कसरी मान्छे बनाए, त्यसको बेलिविस्तार पनि लगाए।

अमेरकिाको कुनै ठाउँमा उनी प्रवचन दिइरहेका बखत एके ४७ भिरेको टाउकोमा छत्रेटोपी लाएको एउटा ‘काउब्वाय’ प्रवचनशालामा पस्यो। उसको खुला जीपभर िहातहतियारहरू मात्र थिए। स्वामीजीले एउटा इमेल पढेर सुनाए, जो त्यही आतंककारीको थियो, जसलाई स्वामीजीले एउटा डाँकाबाट वाल्मीकिमा परविर्तन गरेको बेहोरा लेखिएको थियो। अमेरकिाजस्तो सुरक्षाका मामिलामा संवेदनशील मानिने देशमा ‘ओपन हुड’ जीपमा यति हातहतियार बोकेर त्यस मान्छेले सार्वजनिक स्थलमा घुम्ने छुट कसरी पायो ?

स्वामीजी मस्त थिए, प्रसंग बदल्दै भन्न थाले कि यी हिन्दु, इस्लाम, क्रिस्िचयन आदि सबै धर्मका पण्डितहरू निराश छन्, कोही पनि खुसी छैनन्। तपाइर्ंहरू यहाँ सुख खोज्न आउनुभएको हो भने गल्ती गर्दै हुनुहुन्छ, आज सबै दुःखी छन्। त्यसैले दुःखको निवारण हुँदैन।

अनि, उनले चुट्किला पनि सुनाए। पहिलो चुट्किला सामान्य थियो। केही मान्छे हाँसे। तर, उनकै समीपमा सुरुदेखि क्रन्दन गररिहेका केही महिलालाई भने यसले कुनै असर गरेन। उनीहरू विलाप गर िनै रहेका थिए। त्यसदिन उनी सायद अरूबेलाभन्दा बढी नै प्रसन्न मुद्रामा थिए। पहिलो भेटमा यस अनुमानका भरमा मात्र भन्न सकिन्छ। किनभने, उनले जुन ‘जोक’ भने त्यसले उनको मुद्राको भाव बताउँथ्यो।  भने, “अब म एउटा ननभेज जोक सुनाउँछु।” अनि, स्वामीजीले जे सुनाए, त्यो सुनेर परविारसँग गएकाहरू त लाजले कुरीकुरी भए नै, हामी पनि आश्चर्यमा पर्‍यौँ। उनको जोकको प्रसंग थियो, एउटी नर्सले बिरामीको आँैलामा बगेको रगत चुसेर प्लास्टर गरेपछि बिरामीले भन्छ, “मलाई पिसाब नलीसम्बन्धी समस्या पनि छ।”

Leave a Reply

RSS Feed

Search