Archive for August, 2010

स्वामीको जोक

August 28th, 2010

तपोवन ! नामले नै बडो आध्यात्मिक र आस्थापूर्ण लाग्ने। जान मन हुँदाहुँदै पनि कहिल्यै जाने अवसर नपरेको। साउन २२ गते शनिबार हामी चार भाइ, श्रीओम श्रेष्ठ रोदन, डा रवीन्द्र समीर, दीपकिरण शर्मा र म तपोवन प्रस्थान गर्‍यौँ, बिनाकुनै योजना। तपोवनभित्र पसेपछि लाग्यो धर्मशास्त्रमा वणिर्त उहिलेउहिलेका ऋषिमुनिहरूले तपस्या गर्ने स्थल यस्तै हुँदो हो। शान्त, हरयिालीको रमणीयपनले तानिरहेको र असाध्य सफा र स्वच्छतामा ध्यान पुर्‍याइएको। मलाई लाग्यो, म यस्तो मनोरम ठाउँमा आजसम्म आउन किन वञ्चित रहेँ, सायद आफ्नै कर्मले।

त्यहाँको प्राकृतिक छटाका अतिरत्तिm स्वामी आनन्द अरूणको प्रवचन भन्ने सुनेका हामी त्यहाँको ठूलो प्रवचनालयमा पस्दा झन्डैझन्डै बस्ने ठाउँको अभावजस्तै भइसकेको थियो। कोही हाँसिरहेका, कोही रोइरहेका, बिनाकारण। कोही नाचिरहेका पनि। यस वातावरणमा स्वामीजी व्यासासनमा उक्लिए र धाराप्रवाह प्रवचन दिनथाले। उनले एउटा अमेरकिी आतंककारीलाई कसरी मान्छे बनाए, त्यसको बेलिविस्तार पनि लगाए।

अमेरकिाको कुनै ठाउँमा उनी प्रवचन दिइरहेका बखत एके ४७ भिरेको टाउकोमा छत्रेटोपी लाएको एउटा ‘काउब्वाय’ प्रवचनशालामा पस्यो। उसको खुला जीपभर िहातहतियारहरू मात्र थिए। स्वामीजीले एउटा इमेल पढेर सुनाए, जो त्यही आतंककारीको थियो, जसलाई स्वामीजीले एउटा डाँकाबाट वाल्मीकिमा परविर्तन गरेको बेहोरा लेखिएको थियो। अमेरकिाजस्तो सुरक्षाका मामिलामा संवेदनशील मानिने देशमा ‘ओपन हुड’ जीपमा यति हातहतियार बोकेर त्यस मान्छेले सार्वजनिक स्थलमा घुम्ने छुट कसरी पायो ? (more…)

मित्रता…

August 28th, 2010

मेरो जीवन कुनै टेलिधारावाहिक जस्तो छ । एउटा शृंखलामा एउटा कथा र अर्कोमा अर्को । मेरो मित्रताको कथा त्यस्तै छ । मित्रताको विषयमा म जटिल छु । अमेरिका जानुअघि मेरा जो साथीहरू थिए, ती साथी उताबाट फर्किएपछि मसंग  नजिक भएनन् । अमेरिकामा पढुन्जेल जो साथी बने, ती अहिले मेरो सम्पर्कमा छैनन् । टेलिभिजन च्यानलहरूमा काम गर्दा जो साथी थिए, तीसँगको सम्बन्ध ‘हेल्लो, हाई’ मा सीमित छ । वास्तवमा मेरो जीवनमा कहिल्यै साथी भएनन् ।  मित्र भनेका सुखमा रमाउने र दुःखमा साथ दिने हुनुपर्छ । मेरा त्यस्ता साथी कोही छैनन् । हो, एक जना छिन्- झरना बज्राचार्य । मैले करियर सुरु गर्दादेखि नै उनी मेरो साथी हुन् । १२-१३ वर्षभन्दा पनि बढि भयो । उनी नै एकमात्र  साथी हुन् जो मेरो जीवनमा यत्तिको समय टिकिरहेकी छिन् । उनी आफ्नो जीवन आफ्नै शैलीमा बाँचिरहेकी छिन् म आफ्नै तरीकाले बाँचिरहेको छु, तर हामीबीच असल साथीको सम्बन्ध अटुट रूपमा छ । यसको अर्थ मैले होइन, उनले  मसँगको मित्रता टिकाइरहेकी छिन् । यहाँसम्म कि ‘कोही मेरो’मा सञ्चिताको भन्दा उनको भूमिका सानो छ । मलाई थाहा छ, उनले मित्रता टिकाउनैका लागि त्यो भूमिका स्वीकार गरेकी हुन् । करियर सुरु गर्ने बेलामा मैले सञ्चिता र  झरनालाई एउटै चलचित्रमा काम गराउँछु भनेको थिएँ । त्यो ‘कमिटमेन्ट’ पनि मैले यो चलचित्रबाट पूरा गरेँ ।

अहिले मेरो अर्को साथी छ, आर्यन सिग्देल । आर्यन मलाई साथीभन्दा पनि भाइजस्तो लाग्छ । कुनै बेला यस्तो थियो कि मानिसहरूको कुरा सुनेर हाम्रो चिनजान अघि बढ्न नपाउँदै चिसोपन उत्पन्न भएको थियो । मानिसहरू उसले मेरा  बारेमा कुरा (more…)

जिन्दगीमा म इन्डियनहरूसंग हिन्दी बोल्दिन – आलोक नेम्वाङ्ग

August 23rd, 2010

फिल्मीखबर, काठमाण्डौ, २०६७ श्रावण २४, सोमवार

निर्देशक आलोक नेम्वाङ्गको मौलिकता तपाईले थाहाँपाउनु भयो अच्चम लाग्न सक्छ । अचम्म नलागोस पनि कसरी जव तपाई कुनै भारतीय नागरिकको अगाडी आलोकलाई भेट्नु हुन्छ तब तपाई आलोकको मौलिकतालाई नजिकबाट चिन्न सक्नुहुन्छ ।

प्रसङ्ग हो आलोकको राष्ट्र प्रेम, भाषा र मौलिकताको । एक साता  अघि आफुद्धारा निर्देशित दोस्रो चलचित्र कोही मेरो को गीत रेकर्ड गर्न मुर्म्बई पुगेका नेम्वाङ्गले त्यहाँ बसुन्जेल कहिले पनि हिन्दी भाषा बोलेन बरू उल्टै त्यहाँका प्राविधिकहरूलाई नेपाली सिकाई दिए । आईस टि संगै राजधानीको भाटभटेनी स्थित एक क्याफेमा गरिएको उनीसंगको बार्ता लापमा नेम्वाङ्गले आफु कत्तिको मौलिकता भएको मान्छे रहेको त्यही वाक्य बाट पुरा गरे जव उनले  ‘जिन्दगीमा म इन्डियनहरूसंग हिन्दी बोल्दिन’ भनेर कसम खाए ।“उनीहरूसंग हिन्दी बोल्नु आफुलाई तल पार्नु हो । त्यसैले मैले पुरै रेकर्डिङ्गको समयमा हिन्दी बोलिन मात्र बोले इग्लिस ।” उनले आफुमा रहेको मौलिकता दर्शाए  ।

हाल सम्म बिवाह नगरेका यि अविवाहित निर्देशकले आफुले भारतमा देखाएको नेपाली पनले उनीहरूले एकदमै रेक्सपेक्ट समेत गरेको बताए । “अधिकाशंक नेपालीहरू भारतीयको अगाडीको आफ्नो भाषा नबोलेर स्वयम हिन्दी बोल्ने गर्छन तर आफुले त्यसो नगरेकाले भारतीयहरू पनि अचम्ममा परेको” उनको भनाई थियो ।

नेपाली चलचित्रमा मौलिकता खोज्ने व्यक्तिहरूले स्वयमंमौलिकताको अपव्याख्या गरेको भन्दै नेम्वाङ्गले “हामि विहानै उठ्ने वित्तिकै पत्रिकाको (more…)

जनमुखी नेता रूपचन्द्र विष्ट

August 23rd, 2010


बुद्ध थाहा पाएर बुद्ध बने
क्राइष्ट थाहा पाएर क्राइष्ट बने
संसारका सब मानिस थाहाका उपज हुन्
सप्रेका देश थाहा पाएर सप्रे
बिग्रेका देश भ्रम परेर बिग्रे
भ्रमैभ्रममा बाँचेर बिग्रको यो देशको
एउटा नागरिक तपाईं
थाहा पाउनूस्
देश सप्रिन थालिहाल्छ

विसं ०२९/३० तिर जनमुखी नेता रूपचन्द्र विष्टले थाहा आन्दोलन सुरु गरे । रूपचन्द्र र उनका सहकर्मीका हातबाट चट्टान, भित्ता, पर्खाल, रूखदेखि खाली कागज र चुरोटको बट्टासम्ममा ‘थाहा’ लेखिए । ‘थाहा’ नेपाली छाप्राहरूमा पुगेको पहिलो दार्शनिक आन्दोलन थियो । यस आन्दोलनको सबभन्दा महत्त्वपूर्ण विशेषता के थियो भने यसमा कुनै पनि प्रकारको सैद्धान्तिक क्लिष्टता या अस्पष्टता थिएन । यस आन्दोलनको सार नै यसका प्रवर्तकको रुखो बोली र ठाडो आग्रह थियो- थाहा पा भाते ! जान् भाते ! बुझ् भाते ! थाहा आन्दोलनको मूल लक्ष्य थियो- चेतनाहीन प्रजाको चेतनासम्पन्न नागरिकमा रूपान्तणमार्फत राजनीतिक र सामाजिक जागरण (या विद्रोह) ।

थाहा आन्दोलनको दार्शनिक आयामलाई आज जोडतोड उठिरहेको सूचनाको हकसँग जोडेर हेर्न सकिन्छ । रूपचन्द्रले प्रतिपादन गरेका ‘थाहा’को गन्तव्य जागरण (या ज्ञानसम्म) पुग्न सूचना या जानकारीको उपलब्धता जरुरी थियो । उनलाई सूचनाको शक्ति राम्ररी थाहा थियो । थाहा आन्दोलनको सबभन्दा ठूलो उपलब्धि के थियो भने यो ज-जसको घर-आँगन पुग्यो, तिनले जीवनमा पहिलोचोटि ‘जान्नु र बुझ्नु (अर्थात् थाहा पाउनु) हाम्रो अधिकार रहेछ’ भन्ने जाने । (more…)

रोमान्समा भने विश्वास गर्छन्…आलोक नेम्वाङ

August 22nd, 2010

प्रेम र बिहे भनेपछि नाक खुम्च्याउने आलोक नेम्वाङ रोमान्समा भने विश्वास गर्छन् । प्रेम-संवादको सुरुमै उनले भने, ‘म त्यसका लागि सायद सही मान्छे होइन ।’ चार सयभन्दा बढी म्युजिक भिडियोमा प्रेम र रोमान्सको दृश्य देखाएका आलोकले अझै प्रेम गरेका छैनन् त ? ‘रोमान्स र प्रेम फरक-फरक कुरा हुन् । प्रेममा एट्याचमेन्ट हुन्छ । मलाई त्यो मन पर्दैन । रोमान्स त समझदारीमा जोसँग पनि हुनसक्ने भयो । म रोमान्सको पक्षपाती हुँ ।

आलोकले प्रेम गरेको पहिलो महिला को होलिन् ? ‘मेरी आमा,’ उनले झ्वाट्टै भने, ‘सबैको आमासँगै त हुन्छ, होइन र ?’ उनी मामाज ब्वाई -आमाको प्यारो छोरा) हुन् रे । आमासँग बढी नै नजिक थिए । ‘म त आमाको साडी नै समातेर बस्थे !’ उनले मुसुक्क हाँस्दै भने ।
उनकी आमाको नाम कान्छी । त्यसैले कान्छी शब्द भएका सबै गीत उनलाई मन पर्दैनथ्यो । रेडियोबाट यस्ता गीत बज्दा उनलाई असाध्यै रिस उठ्थ्यो । ‘अरूले मेरी आमाको नाम लिँदा मबाट मेरी आमा खोसिएजस्तो लाग्थ्यो,’ उनले सुनाए । यता रेडियोमा राम थापाको कान्छीलाई भगाई लग्यो झिल्केले… बज्थ्यो, उता आलोक रेडियो नै फुटाउने गरी जोसिन्थे, ‘के गीत गाको यस्तो ? कान्छीलाई भगाउने रे ! मेरी आमूलाई भगाउने ? त्यसलाई म…’ आलोकलाई अहिले पनि परिवारका सदस्यले यही कुरा झिकेर जिस्काउने गर्छन् ।
दस/एघार वर्षको उमेरसम्म उनी आमालाई एकछिन छोड्दैनथे । कक्षाकोठामा सर पढाइरहेका हुन्थे भने आलोकचाहिँ आमाको यादमा हुन्थे । ‘त्यतिवेला मलाई म यता छु, आमू के गर्दै होलिन् जस्तो लाग्थ्यो,’ उनले बाल्यकाल सम्भिए ।
तर, आजकल आलोक भाटभटेनी फ्ल्याटमा बस्छन् भने उनकी ‘आमू’ धोबीघाटमा । त्यो फ्ल्याट उनकी आमाले नै किनिदिएकी हुन् । त्यस्तो माया गर्नेे आमूलाई छाडेर कसरी बस्न सकेका उनी ? ‘मानिस अरू कुरासित जोडिँदै जाँदा एउटा निश्चित उमेरमा ‘डियर’हरूबाट टाढिँदो रहेछ,’ उनले भावुक हुँदै भने, ‘आमाले मलाई यो लैजा त्यो लैजा भन्दा उहाँको कति निःसर्त प्रेम छ । म त छोराका रूपमा नालायक नै हुँ नि ! मेरो स्वभाव र कामले पनि सँगै बस्न सक्दिनँ ।’ आमापछि आलोकलाई बुझ्ने उनकी दिदी हुन् । अमेरिकामा पढ्दा आलोकको गोजी रित्तिँदा सबैभन्दा पहिला दिदीलाई पीर पार्थ्यो रे । आफ्नी दिदीको प्रेम गर्ने शैली गजबको लाग्छ उनलाई । ‘मैले केही नभनीकनै मेरो आवश्यकता थाहा पाउँछिन् उनी । मेरी दिदी चुपचाप माया गर्छिन्, हल्ला गरेर माया गर्दिनन् । मेरो शैली भने ठीक उल्टो छ,’ अनुहार चम्किलो बनाउँदै भने उनले । (more…)

RSS Feed

Search