तपोवन ! नामले नै बडो आध्यात्मिक र आस्थापूर्ण लाग्ने। जान मन हुँदाहुँदै पनि कहिल्यै जाने अवसर नपरेको। साउन २२ गते शनिबार हामी चार भाइ, श्रीओम श्रेष्ठ रोदन, डा रवीन्द्र समीर, दीपकिरण शर्मा र म तपोवन प्रस्थान गर्यौँ, बिनाकुनै योजना। तपोवनभित्र पसेपछि लाग्यो धर्मशास्त्रमा वणिर्त उहिलेउहिलेका ऋषिमुनिहरूले तपस्या गर्ने स्थल यस्तै हुँदो हो। शान्त, हरयिालीको रमणीयपनले तानिरहेको र असाध्य सफा र स्वच्छतामा ध्यान पुर्याइएको। मलाई लाग्यो, म यस्तो मनोरम ठाउँमा आजसम्म आउन किन वञ्चित रहेँ, सायद आफ्नै कर्मले।
त्यहाँको प्राकृतिक छटाका अतिरत्तिm स्वामी आनन्द अरूणको प्रवचन भन्ने सुनेका हामी त्यहाँको ठूलो प्रवचनालयमा पस्दा झन्डैझन्डै बस्ने ठाउँको अभावजस्तै भइसकेको थियो। कोही हाँसिरहेका, कोही रोइरहेका, बिनाकारण। कोही नाचिरहेका पनि। यस वातावरणमा स्वामीजी व्यासासनमा उक्लिए र धाराप्रवाह प्रवचन दिनथाले। उनले एउटा अमेरकिी आतंककारीलाई कसरी मान्छे बनाए, त्यसको बेलिविस्तार पनि लगाए।
अमेरकिाको कुनै ठाउँमा उनी प्रवचन दिइरहेका बखत एके ४७ भिरेको टाउकोमा छत्रेटोपी लाएको एउटा ‘काउब्वाय’ प्रवचनशालामा पस्यो। उसको खुला जीपभर िहातहतियारहरू मात्र थिए। स्वामीजीले एउटा इमेल पढेर सुनाए, जो त्यही आतंककारीको थियो, जसलाई स्वामीजीले एउटा डाँकाबाट वाल्मीकिमा परविर्तन गरेको बेहोरा लेखिएको थियो। अमेरकिाजस्तो सुरक्षाका मामिलामा संवेदनशील मानिने देशमा ‘ओपन हुड’ जीपमा यति हातहतियार बोकेर त्यस मान्छेले सार्वजनिक स्थलमा घुम्ने छुट कसरी पायो ? (more…)







“उनीहरूसंग हिन्दी बोल्नु आफुलाई तल पार्नु हो । त्यसैले मैले पुरै रेकर्डिङ्गको समयमा हिन्दी बोलिन मात्र बोले इग्लिस ।” उनले आफुमा रहेको मौलिकता दर्शाए ।