Archive for June, 2010

मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक

June 29th, 2010

रमेश पाण्डे

रमेश पाण्डे

विद्यार्थीलाई खुसी पार्नु मेरो धर्म

जिन्दगीका ३८ हिउँद-वर्षा मैले शिक्षण पेसामा बिताएँ । यो पेसामा कसैको चाकरी गर्नु पर्दैन, कसैसँग सम्झौता गर्नु पर्दैन, त्यसैले मैले यो पेसा रोजेँ । यो पेसाले मलाई सधैं स्वतन्त्र रहन दियो । एउटा शिक्षकका रूपमा मैले कहिल्यै पनि स्वविवेक र अन्तरआत्माको आवाजलाई बेवास्ता गर्न र सत्यको साथ छाड्नुपरेन ।

त्रि-चन्द्र कलेज, नेपाल कमर्स क्याम्पस, शंकरदेवदेखि लिएर काठमाडौं विश्वविद्यालयको एउटा सेमेस्टर र हाल कलेज अफ अप्लाइड बिजनेससम्म आइपुग्दा मैले २०/२२ हजार विद्यार्थीलाई पढाए हुँला । मेरा विद्यार्थीका लागि म कहिले अभिभावक बनेँ, कहिले साथी, कहिले पथप्रदर्शक त कहिले निरीक्षक बनेँ । यी सबै भूमिकामा मैले सधैं अधिकतम र कमजोर विद्यार्थीका लागि लडेको छु, मैले तिनलाई गर्नसक्ने जति न्याय गर्ने प्रयास गरेको छु । मेरो कक्षा लिनआउने विद्यार्थीहरूलाई मैले कहिल्यै छुट्टै टयुुसन पढाइन । उनीहरूका लागि म चौबीसै घन्टा उपलब्ध हुन्थेँ, टेलिफोनमा, बाटोमा, चियापसलमा । मलाई जहाँ भेटेर भए पनि विद्यार्थीले आफ्ना प्रश्न र समस्या राख्थे ।

मेरो जीवनमा अभावहरू नभएका होइनन् । कठिनाइ अवश्य थियो । तर श्रीमतीको र मेरो इमानदार कमाइले हामीलाई व्यवहार धान्न पुगेकै थियो । आफ्नो विश्वास बेचेर मैले विद्यार्थीहरूमाथि अन्याय गर्न चाहिन । टयुुुुसन पढाउनतिर लाग्दा टाढा-टाढाबाट आएर क्याम्पसको कोठामा, बेन्चमा, डेस्कमा, भुइँमा, झयालमा बसेर र उभिएरै पनि मेरो कक्षा लिन चाहने विद्यार्थीमाथि मैले अन्याय गर्न सक्दिनथेँ । आश र त्रासले मान्छेलाई सम्झौता गर्न, झूट बोल्न र झुक्न बाध्य पार्छ । आश र त्रास राखेको भए म पनि रजिष्ट्रार, रेक्टरजस्ता पदमा पुर्‍याइन्थेँ होला । तर मलाई कहिल्यै त्यो चाह भएन । विद्यार्थीहरूको सफलतालाई नै मैले आफ्नो सफलता र उनीहरूको असफलता आफ्नो असफलता मान्दै झन्डै चार दशक बिताएँ । मेरो शैक्षिक जीवनको पचहत्तर प्रतिशतभन्दा बढी हिस्सा शंकरदेव क्याम्पसमा बित्यो । मेरो कक्षा धेरैजसो बिहानी सत्रको पहिलो पिरियड हुन्थ्यो । प्रायःजसो सवा ६ बजे सुरु हुने मेरो कक्षामा सवा ६ ठीक सवा ६ बजे नै बज्थ्यो, न एक मिनेट छिटो, न एक मिनेट ढिलो । मेरालागि सबैभन्दा ठूलो कुरा मेरो कक्षा नै हुन्थ्यो । मलाई कहिल्यै पनि हुरीपानीले कक्षामा पुग्न छेकेनन् । ४६ सालको आन्दोलनमा चैत २४ गतेदेखि कफर्यु लाग्यो । २३ गतेका दिन बाहिर गोली चलिरहँदा भित्र म कक्षा लिइरहेको थिएँ । ३८ वर्ष पढाउँदा पढाइ भएकाबखत मुस्किलले ३८ दिन कक्षामा अनुपस्थित भएहुँला, आँखाको अपरेसन या अरू कुनै आकस्मिकताका कारण । बैसठ्ठी सालमा आँखामा मोतियाविन्दुको अपरेसन गरेको बखत तीन दिन विदा बसेँ । खासमा अपरेसन पनि विदाकै बेला पारेको थिएँ । तर पनि तीन दिन कक्षा छोड्नु नै पर्‍यो । त्यति धेरै समय लगातार विदामा पहिले कहिल्यै बसेको थिइन, पछि पनि बसिन । कुनै दिन शरीर आलस्य र काम गर्न कठिन भयो होला, तर कक्षा लिने सवालमा ती कुरा कहिल्यै बाधक बनेनन् । सायद कक्षाप्रतिको आशक्ति र अनुशासन चेतनाले त्यस्तो भयो होला । अनुशासनको घेराले जिन्दगीलाई एउटा आकार दिन्छ, निश्चितता दिन्छ र गर्व गर्ने आधार दिन्छ । अनुशासनमा चुकियो भने जीवनका अन्य पक्षमा पनि चुकिन्छ । मैले आत्मसात गरेको अनुशासनको घेराले मेरो जिन्दगी सार्थक बनेको छ भन्ने ठान्छु । (more…)

कर्णका कर्णप्रिय कुरा ….गीतकार तथा कबि नबराज लम्साल

June 27th, 2010

नबराज लम्साल, एक सफल रेडियो उद्घोषक, गीतकार तथा कबि हुन् । लम्साल को ‘कर्ण’ महाकाव्य पाठक माझ आएको छ र चर्चा को बिषय मा रहेको छ ।
जनआन्दोलन २०६२ / ६२६३ मा रेडियो नेपाल बाट निलम्बनमा परेका बेला कर्ण महाकाव्य लाई द्रुत गतिमा परिस्कृत गर्न भ्याएका लम्साल ले यो एउटै पुस्तकको लागि ८ वर्ष सम्म खर्चेका छन् ।
‘पाइला पिच्छै सगरमाथा’ २०६१, ‘आगो छोपेर’ २०६२ ‘धुन भित्र धुन बाहिर गित संग्रह’ २०६२ कर्ण लेख्दा-लेख्दै कर्णलाई थाती राखेर लेखिएका पुस्तक लम्सालका यस अघि प्रकाशित भएका कृतिहरु हुन् ।

युनाइटेड पब्लिकेशन ले बजारमा ल्याएको कृति ‘कर्ण’ का कर्णप्रिय कुराहरुका बारे, आर्टिस्टनेपाल ले गरेको कुराकानीको मुख्य अंश : -

# कर्ण को बिषय-बस्तु कसरि चयन गर्नु भयो ?
कर्ण महाभारतको एउटा पात्र, महाभारत मा हेपिएको , ठगिएको वा उचित न्याय नपाएको एउटा पात्र हो । ऊ नायक हो त्यहाँको तर उसको नायकतत्वलाई निषेद गरिएको थियो । इतिहास को आजको उत्तर-आधुनिक लेखनमा के भनिन्छ भने जहा गल्ती भएको छ ,त्यहिँ सच्याउनु पर्छ ।
मैले महाभारत को पाना पल्टाएर त्यसमा मेट्न त सक्दिनथे, त्यसैले मैले एउटा अर्को महाकाव्य लेखे । त्यसमा कर्ण लाई नायक को रुपमा सिद्द गरे र त्यसबाट मैले कर्णको नायकत्व लाई पुस्टि गर्ने कोशिस गरेको छु ।
# महाभारतबाट बाट कर्णमा लिएका कुरा हरु के के हुन् ? (more…)

के कुराले शहरलाई सुन्दर बनाउँछ ?

June 25th, 2010

“आहा, कस्तो राम्रो ठाउँ?” बिकासशील मुलुकमा हुर्कीएका हामीले सफा, सुन्दर र प्रकृतिले भरीपूर्ण चिटिक्क परेको ठाउँ देख्दा एक न एक पटक यस्तै आशयका बिचार उच्चारण गरेकै हुनुपर्छ। आफ्नै कुरा गर्नुपर्दा – घना बस्ती, अग्ला घरहरु, बग्रेल्ती मानिस,यातायातको घूईचो,मन्दिर तथा बहालहरू, भब्य मध्ययुगिन स्मारकहरु – काठमाडौं उपत्यका घुम्दा असाध्यै रमाईलो अनुभव हुन्थ्यो। तस्वीर,सिनेमा तथा टेलीभीजनका पर्दाहरुमा प्रिष्ठभूमीका रमाईला द्रिश्यहरू हेर्दा “मेरो शहर पनि यस्तै भएपनि हुन्थ्यो नि” जस्ता बालसुलभ सोचहरू तरङ्गीत हुन्थे। अहिले आएर केहि बिकसित मुलुकका थोरै शहर घुम्दा एउटै प्रश्न बुमेर्याङ गर्छ – आखिर के कुराले शहरलाई सुन्दर बनाउँछ? नदी,सरोवर,पन्छी,हरियाली, भौगोलिकता अथवा गगनचुम्बी भवन, फराकिला सडक, सहज सार्वजनिक यातायात वा स-साना चौक,घर, पार्कहरू? मठ-मन्दिर, पुराना सांस्कृतिक धरोहरहरू वा चम्किला आधुनिक भवनहरू अथवा सामाजिक सुरक्षा?

क्यानाडा स्थित टोरन्टो शहरका मेयर डेविड मिलरको दृष्‍टिकोणमा सफाई, पर्याप्त सुरक्षा-ब्यबस्था र सिर्जनशिलताको लागि बिख्यात शहरनै सुन्दर नगर हो। उनी शहरको सुन्दरतालाई बसोबास गर्ने नागरिकको जीवनस्तरसँग जोड्दै सहज सार्वजनिक यातायात भएको र सम्पूर्ण नागरिकलाई समान अवसर प्रदान गर्न सक्षम शहर नै उत्तम शहर हो भन्छन। प्रसिध्द पत्रकार खुश्वन्त सिंह प्रकृति र वास्तुकलालाई जोडदिंदै प्राकृतिक सुन्दरता र महान वास्तुकलाको अनुपम संगमले शहरलाई आकर्षक बनाउने बताउँछन। कन्चन कल्कलाउँदो नदी,ताल वा समुन्द्र पृष्‍ठभूमीमा हरिया पहाड, प्लाजा, मठ-मन्दीर, गल्ली,संग्राहालय,पुरातन बस्ती सुन्दर नगरीका अवयवहरू हुन्- जस्मा तपाईं बसोबास गर्ने भित्री इच्छा राख्नुहुन्छ। सिंहका अनुसार पुराना स्मारकहरू, लस्करै रहेका भिल्लाहरू, भब्य मस्जीद र बस्पोरस नदीको निलोपनले टर्किको राजधानी इस्तानबुललाई सुन्दर बनाएको छ भने इटलीको राजधानी रोमलाई मनमोहक भवन्हरू र सुन्दर पहाडी थुम्काहरूले।

कतिपय शहरहरु आफूमा रहेको प्राकृतिक स्रोतसाधनको समूचित उपयोग गर्दा सुन्दर देखिएका छन्। उदाहरणका लागि समुन्द्रतटको सहि उपयोगका कारण अष्ट्रेलियन शहर सिडनी मनमोहक देखिन्छ। केही भने प्राकृतिक रूपमा परीपूर्ण भएपनि राम्रो शहरी योजनाको कमीले अझ राम्रो हुन सक्ने अवसर गुमाएको भान हुन्छ। मन्ट्रियलले सेन्ट लरेन्स नदीको परीपक्व उपयोग शहरी योजनमा समाहित गर्न नसकेको महसूस हुन्छ भने बैंककले यस्का सयौं नहरहरू सडकले प्रतिस्थापन गर्दा प्राकृतिक सुन्दरताको एउटा महत्वपूर्ण अंग टुटेको अनुभूति गर्न सकिन्छ। अमेरिकी शहरहरूको कुरा गर्दा अक्सर वातावरण एवं मानव -माप (Human-Scale) लाई नजर-अन्दाज गरेको अग्ला स्थानबाट दौडिने सडक, रेल्मार्गले पार्क, नदी र समुन्द्रतटबाट बस्तीलाई अलग्याएको पाईन्छ।

राम्रा शहरहरूका केही उदाहरणहरूमा : हङकङ शहर यस्को सुन्दर पहाडी द्रिष्य र समुन्द्रकिनारको अद्दितियता र वास्तुकलाको अनुपम सम्मिश्रणले भब्य देखिन्छ भने बर्लिन शहर पार्कहरूसँग जोडीएका नहरहरू, भब्य सार्वजनिक भवन र शहरी बातावरणका कारणले राम्रो देखिन्छ।

अन्त्यमा, निष्चय नै शहर के कुराले सुन्दर बनाउँछ भन्ने उत्तर तेत्ती सहज छैन। केही निश्चीत तत्वहरुले मात्र शहर सुन्दर बनाउँछ भनेर किटान गर्नु अवश्य नै मुश्कील कुरो हो। शहर भनेका ब्यापक तथा जटिल प्राकृतिक र कृत्रिम संरचनाको संजालमा जेलिएको त्यस्तो मानव-बस्ती हो जो समयक्रमसंगै फैलिंदै, स्वरूप बदल्दै जाने गर्छ। तैपनि एक अर्काका बिचारहरू बाडौं न, कसो?

– दीपक बानियाँ

नेपालमा समाजवादको राजनितिक भविष्य

June 23rd, 2010

१९८९ मा बर्लिनको पर्खाल भत्केपछि र १९९१ मा सोभियत संघको विघटन पछि विश्वमा समाजवादको भविश्य बारे निकै ठूला ठूला बहस हुन थाले । समाजवादीहरु भित्र केही निराशाको र थोरै आशाका टुसाहरु देखिए भने पू“जीवादीहरु भित्र भने विभिन्न तर्क गर्दे समाजवाद अब ५० वर्षका लागि पछाडि धकेलियो भन्दै भोज भतेर गर्न थाले । पू“जीवादीहरुले समाजवाद प्रति जनताको मोह भंग भएको मात्र तर्क गरेनन् कि उनिहरुले समाजवादी सिद्धान्तलाई ‘‘व्यवहारमा लागु गर्न नसकिने’’ सिद्धान्त हो भन्ने आरोप समेत लगाएका छन् । उनिहरुले राज्यविहिन समाजको परिकल्पना अहिलेको अवस्थामा गर्नै नसकिने भन्दै खास गरी निम्न तर्कहरु क्रिष्टलाइज गर्न खोजे । हेरौं उनिहरुका आरोपमा कति सत्यता छन् ?

१ .समाजवादको ‘‘मोडेल’’ रुस, पूर्वी युरोप र अफ्रिकाका केही मुलुकहरुमा टिक्न सकेनन् ।
२. पू“जीवाद नया“ यन्त्र, साधन र टेक्नोलोजिबाट विकाश हुदै गैरहेको छ र यो ग्लोवलाईजेसनले गर्दा अन्तराष्ट्रिय क्षेत्रमा बलियो हुदै गैरहेको छ । र पूजीको विकाश र आधुनिक बजार व्यवस्थाका कारणले सर्वहारा वर्ग बिस्तारै बर्गसंघर्षबाट बिमूख भैरहेका छन् ।
३. परम्परागत समाजवादीहरु र परम्पराबादी सर्वहारा वर्ग समर्थक ट्रेड युनियन (व्यवसायिक संगठनहरु) ले अहिले सर्वहारा वर्गका राजनितिक पार्टीलाई समर्थन गर्नबाट हिचकिचाई रहेका छन् किन भने उनीहरुले पनि पू“जीवादलाई नजानिदो ढंगले स्वीकार गरि  सकेका छन् । सच्चा समाजवादीहरु अहिले नब उदारवादी शक्ति बनेर आएका छन् र आºनो सिद्धान्तलाई महत्व दिएका छैनन् । उनिहरुले अर्थात     परिम्परागत समाजवादी र रिफििमस्टहरु अहिले नवउदारवादी पू“जीवादी हुन पुगेका छन् । (more…)

मानिसको औसत समय कसरी बित्छ ?

June 14th, 2010

मानिसको औसत आयु भनेको लगभग ६५ देखी ७० बर्ष हो र यति उमेर भित्र मानिसले के के गरेर समय बिताउदो रहेछ त ? तल लेखिएका बुदाँहरु हेरौ र हामी पनि बिचार गरौ कि यो देखी बाहेक अरु पनि केही गर्ने कि ?

@ करिब २० देखी २५ बर्षसम्म सुतेर
@ करिब १५ बर्षसम्म काम गरेर
@ करिब ६ बर्षसम्म खानपिन गरेर
@ करिब ८ बर्षसम्म मनोरन्जन गरेर
@ करिब ५ बर्षसम्म लुगा लगाउने , सरसफाई गर्ने र दार्ही काट्ने काम गरेर
@ करिब ३ बर्षसम्म बिरामी परी ओछ्यानमै सुतेर
@ करिब ७० दिन ऐना हेरेर

RSS Feed

Search