Archive for January, 2010

सपनाका मलामीहरू – खगेन्द्र संग्रौला

January 31st, 2010

यो भयो दुई दिनअघि। अनिश्चय, अन्यौल र भय व्याप्त राजनीतिक डबलीमा दुई प्रकारका पात्र र प्रवृत्ति हाराहारी दृश्य र चर्चामा आए। कैलालीको रगतपच्छे त्रासदीबाट तर्सेका सत्तापक्ष र प्रतिपक्षले सिंहदरबारमा हठात् भेट गरे। भेटमा माउ तीन दलका माउ नेता हाजिर भए। भिडन्तको भुतभुते निभाउने मनसुवाले नेताश्रीले संवादको म्यादी चौतारी बनाउने मतो गरे। र, संवादको ढोका खोल्न तिनले त्रिदलीय कार्यदलसमेत गठन गरे। यो आकस्मिक भेट, यो हत्पते मतो र यो तदर्थ कार्यदल हँसिया आकारको जून नभए पनि औँसीको पिलपिले जूनकीरीको प्रतीक भने पक्कै हो। उही दिन एउटा सानो झुन्ड भिक्षाका लागि हात पसार्दै राष्ट्रपति यादवकहाँ पुग्यो। र, राष्ट्रपतिलाई धनुषटंकार मुद्रामा जदौ गर्दै झुन्डले भिक्षा माग्यो। भिक्षाको अभिप्राय खतरनाक थियो। दासवत् मुद्रामा झुन्डले करुण पुकारा गर्‍यो – महामहिम प्रभु! संविधानसभाको म्याद थप नगराइ पाऊँ। कृपाकारी हजुरबाट हाम्रो उद्धारार्थ दह्रो कदम चालीपाऊँ। जो हुकुम, जो निगाह ख्वामित्! सदैव हजुरका बफादार ताबेदार हामी हौँ – कुलबहादुर गुरुङ, गोविन्दाराज जोशी, विनयध्वज चन्द एवं अन्यहरू।


छातीमा मुड्की ठोकेर यो भिक्षार्थी झुन्ड भन्छ – खाँट्टी काङ्ग्रेसी मै हुँ। अजीवको पार्टी हो नेपाली काङ्ग्रेस, जसमा फूल, पात र पत्करको उदेकलाग्दो समागम छ। र, यस घडीमा यस पार्टीमा पत्करहरूको खासखुस, चलखेल र जालझेल बढ्दो छ। सबुतमा शीतल निवासमा दुःख बिसाउन र राष्ट्रपतिलाई उक्साउन पुगेको दुखीगण गण हाम्रासामु छ। यो दुःखीगण जब राष्ट्रपतिलाई पम्प भर्न यत्नशील थियो, त्यस क्षणमा वायुमण्डलमा आधाजसो बुझिने एउटा स्वर गुन्जिरहेको थियो। त्यो स्वर थियो देउवा गुरुको। गुरुजी भन्दै थिए – शान्ति सम्झौताका बाचा सम्झेर सहमति र सहकार्यको बाटो उघारौँ। उही सम्झौताका सर्तबमोजिम सेना मिलान र व्यवस्थापन गरौँ। खाँचै परे संविधानसभाको म्यादै थपौँ। यता काङ्ग्रेसी श्री देउवाका वचनमा शान्तिको कामना थियो, उता काङ्ग्रेसी दुःखीगण श्री देउवाको यो पवित्र कामनामाथि बन्चरो बजार्न आतुर थियो।
सम्झना छ, राष्ट्रपतिका चरण कमलमा आँसु झार्न जाने यो झुन्ड सदैव, निरन्तर र अथक राजतन्त्रप्रेमी भइआएको हो। यसले पहिले दह्रो राजा राख्न कम्मर कस्यो, तर सकेन। त्यसपछि यसले ठीकैको राजा राख्न (more…)

सलाम जनमुक्ति सेनालाई – खगेन्द्र संग्रौला ।

January 31st, 2010

सलाम जनमुक्ति सेनालाई

- खगेन्द्र संग्रौला

जनसेना दिवसको यो विशाल कार्यक्रममा आउनुभन्दा अगाडि यसमा आउने कि नआउने भन्ने विषयमा मेरो मनमा द्विविधा थियो । यो कार्यक्रम आधासम्म हेरिसकेपछि मलाई के लाग्यो भने यदि म यहाँ नआएको भए देशको एउटा वास्तविकताको पाटो मेरो आाखाबाट गुम्ने रहेछ । मलाई निम्ता गर्ने साथीहरू र मलाई यहाँ आउन कर गर्ने साथीहरूलाई म धन्यवाद दिन्छु ।

म माओवादी होइन । त्यसो त म खाओवादी पनि होइन । म एक सचेत नागरिकको दृष्टिकोणबाट जनमुक्ति सेना नेपालले परिर्वतनका क्रममा गरेका योगदानहरू त्यसको स्थान र दायित्वका बारेमा केही टिप्पणी गर्न चाहन्छु । मैले रुसी र चिनियाँ साहित्यको नेपालीमा धेरै अनुवाद गरेा । रुसी साहित्य र चिनियाँ साहित्यको अनुवाद गर्दा मेरो सम्पर्कमा छापामारहरू आएका थिए । जनसेना आएको थियो । तिनको टोपी, टोपीमा लगाउने रातो तारा र तिनले लगाउने कम्ब्याटको मैले नेपालीमा रूपान्तरण गरेको थिएँ । आज मैले मेरो मातृभूमिको आागनमा नेपाली समाजलाई शोषण, विभेद र अत्याचारबाट मुक्त गर्नका निम्ति आफ्नै आासु र पसिनामा पौडी खेल्दै यहाँसम्म आएको जनसेनालाई देखेको छु । त्यसबाट म गौरवान्वित भएको छु । म हषिर्त भएको छु । सुगौली सन्धिपछि नेपालको सामाजिक न्यायको सङ्ग्राममा सबैभन्दा ठूलो युद्ध लडेको भनेको माओवादी नेतृत्वमा रहेको जनसेना नै हो । सुगौली सन्धिभन्दा अगाडि नेपालीहरूले वीरतापूर्ण लडाइा लडेका हुन् । ती लडाइा विदेशी शत्रुविरुद्ध लडिएका थिए ।  (more…)

गीत (कति माया साँचे)

January 31st, 2010

कति माया साँचे तिम्रै लागि माया
सधै सधै सम्झी रहन्छु तिमी लाई नै माया

सपनमा तिमी आयौ बिपनामा पनि आउन मायालु
दिलको धड्कन तिमी भयौ वरिपरी छाउने गरन मायालु

घाम बनी तिमी आयौ जुन झै पनि छाउने गरन मायालु
जिन्दगी को हर मोडमा साथ दिने पनि गरन मायालु

फुल जस्तै मन को बगैंचामा ढकमक्क फुली देउन मायालु
जिन्दगीमा बसन्तझै लहरा बनी झुली देउन मायालु

स्वर: राजन थपलिया
शब्द/संगीत:आलोकश्री

गीत (तिमी स्वर्ग पुगे पछी)

January 27th, 2010

तिमी स्वर्ग पुगे पछी मलाई लाग्छ
देख् ने छौ बुझ्ने छौ तिमीले
मेरो माया थियो कति

बेचिएको खुशी भन्यौ मेरो खुशी लाई
बेचिएको माया भन्यौ मेरो माया लाई
तिम्रो माया अन्तै सरे पछी
जब दुख बढे पछी

पाइलैपिच्छे दुख हरुमा साथ दिदै आए
तिम्रो प्रगतिमा कसम म कती रमाए
त्यही साथ लाई झुटो भनी कुल्चिएर गयौ
जब सिखर चुमे पछी

स्वर: राजन थपलिया
संगीत: तारा प्रकाश लिम्बु
शब्द :राजन थपलिया

RSS Feed

Search